News Summary
Generated by OK AI. Editorially reviewed.- ब्राजिलकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङ्समा ९ विकेट लिएर नयाँ कीर्तिमान बनाएकी छन् ।
- लेसोथोविरुद्धको खेलमा उनले ३ ओभरमा ४ रन मात्र दिएर टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन गरेकी छन् ।
- ब्राजिलले २०२ रन बनाएको खेलमा लेसोथो १३ रनमा समेटिँदा १८९ रनले जित हात पारेको छ ।
२६ चैत, काठमाडौं । ब्राजिलियन महिला क्रिकेट टिमकी बलर लाउरा कार्डोसोले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान बनाएकी छन् ।
उनले एकै इनिङ्समा ९ विकेट लिँदै टी–२०आईमा यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी बनिन् । महिला र पुरुष दुवैतर्फ यस्तो प्रदर्शन पहिले भएको छैन ।
लेसोथोविरुद्धको खेलमा कार्डोसोले ३ ओभरमा मात्र ४ रन मात्र दिएर ९ विकेट लिइन्, जुन टी–२०आई इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन हो ।
यसअघि भुटानका सोनाम येशेले २०२५ मा ८ विकेट लिएका थिए भने महिला टी–२०आईमा इन्डोनेसियाकी रोहमालिया रोहमालियाको ७ विकेटको कीर्तिमान थियो ।
खेलमा पहिले ब्याटिङ गरेको ब्राजिलले २०२ रन बनाएको थियो। रोबेर्टा एभरीले ४८ रन र मोनिके मचाडोले अविजित ६९ रन बनाइन् ।
जवाफमा लेसोथो मात्र १३ रनमा समेटिँदा ब्राजिलले १८९ रनको फराकिलो जित हात पार्यो ।
प्रतिक्रिया 4