+

केसीएका ११ क्रिकेटरलाई हिमालयन ह्‍वाइट हाउसको छात्रवृत्ति

२०८२ चैत  २६ गते १२:३४ २०८२ चैत २६ गते १२:३४
केसीएका ११ क्रिकेटरलाई हिमालयन ह्‍वाइट हाउसको छात्रवृत्ति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं क्रिकेट एकेडेमीका ११ जना खेलाडीलाई हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलले पाँच वर्षे छात्रवृत्ति प्रदान गर्ने सम्झौता भएको छ ।
  • सम्झौताअनुसार केसीएले प्रतिभाशाली युवा क्रिकेटर पहिचान गरी सिफारिस गर्नेछ र विद्यालयले कक्षा १० सम्म छात्रवृत्ति उपलब्ध गराउनेछ ।
  • विद्यालयले आवश्यक परे अतिरिक्त कक्षा र वैकल्पिक मूल्यांकनको व्यवस्था गर्नेछ ।

२६ चैत, काठमाडौं । काठमाडौं क्रिकेट एकेडेमी (केसीए) का ११ जना खेलाडीलाई हिमालयन ह्‍वाइट हाउस आईबी वर्ल्ड स्कुलले छात्रवृत्ति प्रदान गरेको छ।

बुढानीलकण्ठ नगरपालिका–चुनिखेलस्थित एकेडेमीमा बिहीबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच छात्रवृत्ति सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा केसीएका सञ्चालक मदन कार्की र कुन्दन खड्का तथा हिमालयन ह्‍वाइट हाउसका अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्। सम्झौता अवधि पाँच वर्षको रहेको छ।

सम्झौताअनुसार केसीएले प्रतिभाशाली युवा क्रिकेटर पहिचान, प्रशिक्षण र सिफारिस गर्नेछ भने विद्यालयले उनीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनेछ। खेलाडीहरूले कक्षा १० सम्म छात्रवृत्ति पाउनेछन् भने प्लस टुसम्म निरन्तरता दिने पनि उल्लेख गरिएको छ।

केसीएले खेलाडीहरूको प्रगति, अनुशासन र प्रशिक्षणको नियमित अनुगमन गरी विद्यालयलाई जानकारी गराउनेछ। विद्यालयले सिफारिस गरिएका खेलाडीलाई प्राथमिकतामा राख्दै आवश्यक परे अतिरिक्त कक्षा र वैकल्पिक मूल्यांकनको व्यवस्था गर्नेछ।

कार्यक्रममा केसीएका निर्देशक तथा प्रमुख प्रशिक्षक जगत टमाटाले खेलसँगै शिक्षा पनि महत्वपूर्ण हुने बताए। उनले यस सहकार्यलाई सकारात्मक पहलका रूपमा लिए। त्यस्तै, विद्यालयका अध्यक्ष युवराज शर्माले ग्रासरुट स्तरबाट क्रिकेट विकास गर्न यस्तो सहकार्य आवश्यक रहेको बताए।

केसीएका सञ्चालक मदन कार्कीले यो सहकार्यले युवा खेलाडीलाई प्रेरणा दिने विश्वास व्यक्त गरे भने अभिभावकका तर्फबाट गणेश कुमार खड्काले कार्यक्रमले भविष्यमा उत्कृष्ट क्रिकेटर उत्पादनमा सहयोग गर्ने बताए।

विद्यालय र एकेडेमीबीचको यो सहकार्यलाई खेल र शिक्षाबीच सन्तुलन कायम गर्दै क्रिकेट प्रतिभा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

केसीए हिमालयन ह्‍वाइटहाउस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय