Comments Add Comment

‘मिस्टर लेले’मा वरुणसँग कियारा र भूमी

केही समयदेखि मिडियामा नायक वरुण धवनले नायिकाद्धय कियारा आडवाणी र भूमी पेडनेकरसँग चलचित्रमा काम गर्न लागेको चर्चा चलिरहेको छ । यो चलचित्रलाई शशांक खेतानले निर्माण गर्दैछिन् । वरुणले शशांकसँग चलचित्र ‘बद्रीनाथ कि दुल्हनिया, हप्टी शर्मा की दुल्हनिया’ लगायतका चलचित्रमा काम गरिसकेका छन् ।

यी दुइ चलचित्रको बक्स अफिसमा राम्रो व्यापारसँगै शशांक फेरि एकपटक वरुणसँग काम गर्न अगाडि सरेका छन् । अब, मेकरले यो चलचित्रको नाम पनि फाइनल गरेका छन् । भारतीय पत्रिका मुम्बई मिररका अनुसार यो चलचित्रको नाम ‘मिस्टर लेले’ राखिएको छ ।

धेरै नाममा विचार गरेपछि निर्माताले यो नाम फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ । यो चलचित्रको छायांकन आउँदो वर्षको मार्च महिनाबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।

पछिल्लो समयमा नायिकाद्धय कियारा र भूमीलाई दर्शकले निकै रुचाइरहेका छन् । वरुणको पनि आफ्नो क्रेज छ । यसैले, यी तिन कलाकारको उपस्थितीले चलचित्रलाई बलियो बनाउने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment