Comments Add Comment

गजित बने ‘रावण’

हुनत, अहिले युटुबमा भाइरल गीतको भ्यूज बढी आउँछ । भाइरल हुने खालका गीत गाउन गायक–गायिका पनि अग्रसर छन् । भिडियो बनाउनेहरु पनि भाइरल मोडलकै खोजी गर्छन् । भ्यूज धेरै जाने वित्तिकै गीत हिट भनेर मख्ख हुने चलन पनि छ । यसले भिडियोमा क्रियशन भने हराउँदै गएको छ । छोटो समयको चर्चाका लागि सस्तो लोकप्रियता खोज्दा सर्जकको मौलिकता र श्रृजना हराउँदै गएको छ ।

तर, कहिलेकाही केही भिडियो यस्तो पनि बन्छन् जसमा क्रियशन देख्न पाइन्छ । मनिष बशिष्टको शब्द, संगीतमा तयार भएको ‘रावण’ गीतले यो कुराको पुष्टी गर्छ । यो गीतमा साजल न्यौपाने र मनिष बशिष्टको आवाज छ ।

भिडियोमा नायक गजित बिष्टलाई रावण अवतारमा देख्न सकिन्छ । गम्भिर विष्टको निर्देशनमा तयार भएको यो भिडियोमा गजित बिष्टको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।

भिडियोमा गजित बिष्टलाई मात्र देख्न सकिन्छ । तर, उनले आफूलाई भर्सटायल कलाकारको रुपमा प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment