Comments Add Comment

ए डिभिजन लिग उपाधिमा तीन क्‍लबको दावी

मनाङ, आर्मी र मछिन्द्रका प्रशिक्षक र कप्तान भन्छन् : हामी जित्छौं

२७ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग शनिबार सुरु हुँदैछ । लिगअघि शुक्रबार गरिएको पत्रकार सम्मेलनमा तीन क्लबले उपाधि जित्ने दावी  गरेका छन् । साविक विजेता मनाङ मर्स्याङ्दी, मछिन्द्र र त्रिभुवन आर्मी क्लबले उपाधि जित्ने दावी गरेका हुन् ।

मनाङका प्रशिक्षक फुजा तोपेले मनाङले उपाधि रक्षा गर्न प्रयास गर्ने बताए । ‘हामी उपाधि रक्षा गर्ने प्रयासका साथ खेल्नेछौँ । हामीसंग राम्रो टिम छ’ तोपेले भने ।

यसपटक मनाङबाट कप्तान विराज महर्जनसहित सुजल श्रष्ठ विशाल श्रेष्ठ विशाल राई जसता खेलाडी मछिन्द्रमा गएका छन् । स्टार खेलाडीले छाडे पनि टिममा अझै केही राम्रो खेलाडी रह]को र जगजित श्रेष्ठको आगमनले पनि सहयोग पुग्ने तोपेले बताए । यस्तै विदेशी खेलाडी पनि राम्रो रहेको उनको भनाइ थियो ।

स्टार खेलाडीहरु भित्र्याएको मछिन्द्रले भने यस पटक लिगको उपाधि जित्ने लक्ष्य राखेको छ । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले स्टार खेलाडी भएकोले यस पटक उपाधिको दाबेदारी पेश गर्ने बताए । ‘सबै स्टार खेलाडी अनुबन्ध गरेका छौँ । यू २३ का खेलाडीहरु ३ जना आएका छन् । तयारी राम्रो भएको छ । लक्ष्य उपाधि नै हो’ कटुवालले भने ।  यस्तै कप्तान विराज महर्जनले पनि मछिन्द्रको लक्ष्य उपाधि नै रहेको बताए ।

लिगको उपाधिका लागि सदाबाहर दाबेदारको रुपमा रहन टिम त्रिभुवन आर्मीले यस पटक पनि उपाधि जित्ने लक्ष्य राखेको छ । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र कप्तान भरत खवासले लक्ष्य उपाधि नै रहेको बताए । ‘लिग जित्ने लक्ष्यका साथ तयारी गरेका छौँ’ न्यौपानेले भने ‘खेलाडीहरुको क्षमता र हरेक पोजिसनमा ब्याकअफ खेलाडी भएकोले हामीलाई फाइदा छ ।’

प्रशिक्षक न्यौपानेले गत सिजन धेरै बराबरी खेल्नाले अंक गुमाएकोले यस पटक त्यसलाई सुधार गर्ने बताए । कप्तान भरत खवासले पनि उपाधिकै लागि खेल्ने र कुनै क्लबलाई कमजोर नआँक्ने बताए ।

यसैगरी नेपाल पुलिस क्लब च्यासल युथ क्लब एपीएफ क्लब हिमालयन शेर्पा क्लब एनआरटी क्लब ब्रिगेड ब्वाइज क्लब लगायतले पनि लिगमा राम्रो प्रदर्शन गर्ने र सकेसम्म माथिल्लो स्थानमा रहने लक्ष्य बनाएको छ ।

शुक्रबारको प्रिम्याच कन्फ्रेन्समा थ्री स्टार फ्रेण्ड्स जावालखेल सरस्वती युथ क्लब र संकटा क्लब भने उपस्थित थिएनन् । यस सिजनको लिगको उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment