Comments Add Comment

खेलाडी अभिनन्दन : रूझेकाे तन, फुरूङ्ग मन

२७ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीहरुलाई नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको नगर परिक्रमा न्युरोड, इन्द्रचोक, रत्नपार्क, सिंहदरबार पुल्चोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै सल्लाघारीसम्म पुग्ने रुट थियो । तर शुक्रबार विहानैबाट उपत्यकामा पानी पर्‍यो ।

नागरिक अभिनन्दन नाम मात्रको हुन पुग्यो ।

तर न चोकचोकमा उभिएर स्वागत गर्ने सार्वसाधारण थिए न नागरिक अभिनन्दनको कुनै झलक । यो जाडोमा पदक विजेता खेलाडीहरु पानीमा भिजे मात्र । पानीमा रूझे पनि खेलाडीहरू उत्साहित र फुरूङ्ग देखिन्थे ।

रंगशालाबाट हिँड्दै नगर परिक्रमामा सहभागी खेलाडीहरुलाई केही समयपछि ट्र्याक्समा राखिएको थियो ।

१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको थियो । पदक विजेता खेलाडीहरुलाई सरकारले नगद पुरस्कारसमेत घोषणा गरिसकेको छ ।

तस्वीर : चन्द्र आले, आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment