Comments Add Comment

पूजा र पलको ‘तिम्रो घरको वरिपरी’लाई सकारात्मक प्रतिक्रिया

बिहिबार सार्वजनिक भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रको गीतको अडियो र यसको भिडियो दुबैलाई दर्शकले रुचाएका छन् । भिडियोमा प्रयोग भएको लोकेशनले दर्शकको ध्यान खिचेको छ ।

सार्वजनिक भएको २४ घन्टामा करिब ६ ला भ्यूज पाएको यो गीत अहिले नेपालको १४ नम्बर ट्रेन्डिङमा समेत छ । गीतको भिडियोलाई करिब ५० हजार लाइक र करिब ६ हजार प्रतिक्रिया मिलेको छ ।

अधिकांश दर्शकले गीतको भिडियोमा देखिएका मुख्य कलाकार नायिका पूजा शर्मा र नायक पल शाहको जोडीलाई रुचाएका छन् । साथै, गीतको शब्दलाई समेत दर्शकले तारिफ गरेका छन् ।

सुदर्शन थापा निर्देशित यो चलचित्र फागुणको २३ गतेबाट रिलिज हुँदैछ । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ । गीतले पाएको प्रतिक्रियाबाट आफू उत्साहित भएको निर्देशक थापाले बताए । यस्तै, यो गीत सार्वजनिक भएसँगै टिकटकमा पनि दरिलो उपस्थिती जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment