Comments Add Comment

छिमेकीको कुटपिटबाट खोटाङमा एक युवकको मृत्यु, एक जना घाइते

२७ मंसिर, काठमाडौं । खोटाङमा छिमेकीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हलेसी-तुवाचुङ नगरपालिका-७ का २४ वर्षीय रमेश राई रहेका छन् भने सोही ठाउँका ३४ वर्षीय अशोक राई घाइते भएका छन् ।

बिहीवार साँझ स्थानीय २१ वर्षीय अशोक राई, २७ वर्षीय भविन राई र २५ वर्षीय बलराम राईको कुटपिटबाट गम्भीर घाइते भएका रमेशको शुक्रवार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रमेशको हलेसीस्थित ओमसिद्धि बाबा पोलिक्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । कुटपिटबाट घाइते भएका अशोकको सोही पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न तीनै जना फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment