२७ मंसिर, काठमाडौं । नेपाल नीलो मैत्रीपूर्ण फुटबल खेलमा जापानी फुटबल लिग (जेएफएल) को यू २२ संग ४-० ले पराजित गरेको छ ।
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भोला सिलवाल कप्तानीमा रहेको नेपाल नीलो ४-० ले पराजित भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलमा जापानी टिमका लागि मासाहिताे सुगिताले दुई तथा साताेसि सुनाेमाता र ताेसिकि सासाकिले एक-एक गाेल गरे ।
मैत्रीपूर्ण खेलमा नेपाल निलोको तर्फबाट साग फुटबलमा स्वर्ण जितेको नेपाली टिमबाट छिरिङ गुरुङ, हेमन्त थापा मगर र अर्पण कार्की मात्र आज खेलेका थिए।
जापानी टिमले अब आइतबार नेपालकाे मनाङ मर्स्याङ्दी क्लबसंग खेल्नेछ ।
प्रतिक्रिया 4