Comments Add Comment

एनआइसी एशिया बैंक र फुडमान्डुबीच डिजिटल भुक्तानी तथा छुटसम्बन्धी सम्झौता

२७ मंसिर, काठमाडौं ।एनआइसी एशिया बैंक लिमिटेड र फुडमान्डु प्रालिबीच एनआइसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत भुक्तानी संकलन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार कुनै पनि बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफूले इच्छाइएको खानेकुरा अर्डर गर्दा कार्ड तथा मोबाइल बैकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सक्नेछन्।

यस सम्झौतासँगै सीमित अवधिका लागि एन आइ सी एशिया बैंकलगायत अन्य विभिन्न बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमान्डुबाट खानेकुरा अर्डर गरी क्युआर कोडमार्फत् भुक्तानी गर्दा २५% वा अधिकतम् ४ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र फुडमान्डुका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment