
तस्वीर सौजन्य : त्रिशिला गुरुङ
२७ मंसिर, गोरखा । उत्तरी गोरखामा हिमपात शुरु भएको छ । सामागाउँ, साम्दो, लार्के, छेकम्पारलगायतका क्षेत्रमा विहीवार राती देखि लगातार हिमपात भएको स्थानीयले बताएका छन् ।
लाप्राकको एकीकृत नमूना वस्ती निर्माण भइरहेको गुप्सीपाखामा पनि हिउँ परेको स्थानीय त्रिशिला गुरुङले बताइन् । नमुना बस्तीका सबै घरहरु हिउँले ढाकिएर सेताम्य देखिएको छ ।
हिउँ परेपछि खेतिपाती राम्रो हुने भन्दै स्थानीय खुशी छन् । अहिले स्थानीयले जौ, गहुँलगायतका खाद्यान्न बाली लगाएका छन् । आलु लगाउने तयारी उनीहरुको छ । हिउँ परेसँगै चिसो बढेको छ । स्थानीयको जनजीवन भने कष्टकर बनेको छ । दैनिक कामकाजका लागी स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उनीहरु आगो तापेर घरभित्रै बसेका छन् । जिल्लाको तल्लो भेगमा पनि लगातार बर्षा भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4