Comments Add Comment

जावालाखेललाई प्रभु बैंकको साथ

काठमाडौं । ए डिभिजन लिग क्लब जावालाखेल युथ क्लबले प्रभु बैंकको प्रयोजन पाएको छ ।

आइतबार क्लब र बैंकबीच १ वर्षका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा क्लबका अध्यक्ष महेन्द्र क्षेत्री र प्रभु बैंकका सिईओ अशोक शेरचनले हस्ताक्षर गरे ।

सम्झौताअनुसार बैंकले २५ लाख नगद प्रदान गर्नेछ भने क्लबको जर्सीमा प्रभु बैंकको लोगो रहनेछ । क्लबले ५० प्रतिशत शुरुमै र बाँकी खेलअवधिमा दिइनेछ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जावालाखेलका खेलाडीहरुको बीमा पनि गर्ने पनि घोषणा गरे ।

क्लबले स्पोट्स वेयर कम्पनी लिनिङ र स्टार अस्पतालसँग पनि सम्झौता गरेको छ ।

क्लबले ए डिभिजन लिगका लागि कुलदिप कार्कीको कप्तानीमा २६ खेलाडीको नाम सार्वजनिक गरिएको छ, जसमा तीन विदेशी खेलाडी छन् भने । सिक्किमबाट पनि एक खेलाडी ल्याउने प्रयास भइरहेको क्लबले जनाएको छ ।

प्रशिक्षकमा नरेश थापा र सहायक प्रशिक्षकमा जग्गु खड्का छन् । यो वर्ष क्लबको बजेट १ करोड रुपैयाँ रहेको अध्यक्ष महेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment