
गतबर्षको ‘मिस वर्ल्ड’मा नेपालबाट सहभागी भएकी श्रृङ्खला खतिवडाले दुइवटा टाइटल जितिन् । उनले ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितेकी थिइन् । विश्व सुन्दरी प्रतियोगीतामा सहभागी भएपछि श्रृङ्खलाले नेपालीको ठूलो साथ पाइन् । सामाजिक संजालदेखि मिडियामा उनको चर्चा खुबै भयो ।
यो बर्ष ‘मिस वर्ल्ड’मा सहभागी भइन् नेपालकी सुन्दरी अनुष्का श्रेष्ठ । उनले डिसेम्बर १४ मा अर्थात शनिबार आयोजना भएको ‘मिस वर्ल्ड’को नयाँ संकरणमा ‘ब्यूटी विथ पर्पस र मल्टिमिडिया अवार्ड’ जितिन् । उनी ‘हेड टू हेड च्यालेञ्ज’ उत्कृष्ट ४० मा पर्न सफल भएकी थिइन् ।
अनुष्का विश्व सुन्दरी प्रतियोगीताको सेमीफाइनलसम्म पनि पुगिन् । अनुष्काको यो यात्रालाई उपलब्धीपूर्ण मान्नुपर्छ । तर, उनले श्रृङ्खलाको जती समर्थन र साथ भने नेपालबाट पाइनन् । तर, पनि अनुष्काले आफूलाई दरिलो रुपमा ‘मिस वर्ल्ड’मा उभ्याइन् । अनुष्काको यो यात्रालाई सफल मान्नुपर्छ ।
अनुष्काले विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन जानुअघि यो प्रतियोगीताका निर्णायकहरुलाई नेपाल किन ‘मिस वर्ल्ड’ बन्न सक्दैन भनेर जवाफ दिने बताएकी थिइन् । उनले निर्णायकहरुलाई कती कन्भिन्स गर्न सकिन्, त्यो मुल्यांकन गर्न सकिएला ।
तर, अनुष्काले नेपालबाट समर्थन कम पाएपनि आफूलाई एक बलियो प्रतिस्पर्धीको रुपमा विश्वसामु उभ्याएकी हुन् । नेपाललाई चिनाउनदेखि ‘पर्यटन बर्ष २०२०’को प्रवद्र्धन गर्न समेत उनले कुनै कसर बाँकी राखिनन् ।
प्रतिक्रिया 4