Comments Add Comment

प्रधानसेनापति महिला फुटबलमा आर्मीको विजयी सुरुवात

२९ मंसिर, काठमाडौं । सातौं प्रधासेनापति अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलमा आयोजक टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । शर्मिला थापा मगर र रश्मी कुमारी घिसिङको ह्याट्रिक प्रेरित आर्मीले प्रदेश नम्बर १ लाई ९-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

जितपछि आर्मीले समूह ‘ए’ मा ३ अंक जोडेको छ । भद्रकाली स्थित आर्मीको मैदानमा भएको खेलमा आर्मीले पहिलो हाफमा ५ र दोस्रो हाफमा ४ गोल गरेको हो । आर्मीका लागि खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएकी रश्मी घिसिङले ६५औं र ८३औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् ।

यस्तै शर्मिला थापा मगरले खेलको सातौँ, दशौं र ५८औं मिनेटमा गोल गरिन् । विमला चौधरीले ४५औं र ७४औं मिनेटमा गोल गरिन् भने सपना लामाले ४२औं मिनेटमा गोल गरिन् ।

प्रतियोगिता अन्तर्गत सोमबार समूह ‘ए’ अन्तर्गत एपीएफ र सिक्किम तथा समूह ‘बी’ अन्तर्गत नेपाल पुलिस र प्रदेश नम्बर २ बीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment