Comments Add Comment

टुँडिखेलको संरक्षण गर्न मन्त्रिपरिषदले निर्णय गर्नु पर्छ : कमल थापा

३० मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले टुँडिखेलको अस्तित्व जोगाउन  मन्त्रिपरिषदबाटै निर्णय गरिनुपर्ने बताएका छन् ।

सोमबार अकुपाई टुँडिखेलका अभियन्‍तासँगको भेटमा उनले प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल संरक्षणमा प्रतिवद्ध भए मन्त्रिपरिषदबाटै निर्णय गर्नुपर्ने बताएका हुन्  ।

टुँडिखेललाई हरियो चौरको रुपमा मात्र नभई साँस्कृतिक सम्पदाको रुपमा विकास गर्नुपर्ने भन्दै थापाले दशरथ रंगशालादेखि रानिपोखरीसम्म एउटै क्षेत्र कायम गरी संरक्षण गर्नुपर्ने धारणा राखे ।

काठमाडौं शहरको स्वच्छता कायम राख्न, आपतकालीन विपदका समयमा प्रयोग गर्न तथा देशकै गौरव बढाउने राष्ट्रिय कार्यक्रमहरु गर्न टुडिखेल उपयोगी हुने चर्चा गर्दै थापाले बताए । विगतमा ज–जसको कमजोरी भएको भए पनि त्यसलाई बिर्सेर टुँडिखेल जोगाउँदै संरक्षणको निमित्त एकजुट हुनुपर्ने थापाले धारणा राखे ।

‘म आफै पनि नीति निर्माणको तहमा काम गरेको छु त्यस बखत यस बिषयमा ठोस र प्रभावकारी काम गर्न नसकेकोमा एक प्रकारको गिल्टि फिल हुन्छ’ थापाले भने ।

‘म टुँडिखेल चौरमा खेलेर, बढेर, हुर्केको व्यक्ति हुँ, म राष्ट्रिय फुटवल टिमको क्याप्टेन पनि भए, तर फुटबलको प्रारम्भिक ज्ञान त्यही टुँडिखेलमा लिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment