Comments Add Comment

पीएसजीबाट च्याम्पियन्स लिग जित्न चाहन्छु : नेइमार

काठमाडौं । नेइमारले आफू पेरिस सेन्ट जर्मेनबाट उपाधि जित्न केन्द्रीत भएको बताएका छन् । साथै निकट भविश्यमा क्लब छाड्ने कुनै योजना नभएको सुनाए ।

सिजनको सुरुवातमा ब्राजिलियन फवार्डलाई भित्र्याउन बार्सिलोनाले निकै जोड गरेको थियो, तर दुई क्लबबीच सहमति हुन सकेन ।

फ्रान्स फुटबलसँग कुरा गर्दै नेइमारले अब तत्काल पीएसजी नछाड्ने प्रष्ट पारेबका छन् । ‘पीएसजीबाट जितका लागि म मैदानमा शतप्रतिशत दिन्छु’, उनले भने ।

पीएसजीबाट च्याम्पियन्स लिग जित्न चाहेको उनले सुनाए ।

नेइमारले बार्सिलोना छाड्नुको कारण अर्जेन्टिनी स्टार लिओनल मेस्सी नभएको पनि बताएका छन् । मेस्सी उत्कृष्ट खेलाडी भएको भन्दै नेइमारले उनले छ पटक बालोन डि’ओर जित्नु आश्चर्यजनक नभएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment