Comments Add Comment

मंगलवारे अस्पताललाई ट्रमा सेन्टर बनाइँदै

१ पुस, विराटनगर । प्रदेश १ सरकारले मोरङको मंगलवारे अस्पताललाई विशेषज्ञ सेवासहितको ट्रमा सेन्टर बनाउने भएको छ । प्रदेश सरकारले कार्यविधि बनाएर मंगलबारे अस्पतालमा ट्रमा सेन्टर सञ्चालनको प्रकृया अगाडि बढाएको हो ।

१५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो । त्यसका लागि चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको छ ।

अघिल्लो आर्थिक वर्ष पनि ट्रमा सेन्टरको रुपमा विकास गर्न भन्दै दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सञ्चालनमा रहेको अस्पतालालाई प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्य तयारी अघि बढाएको जानकारी दिए ।

उनले अघिल्लो आर्थिक वर्षमा छुटाइएको बजेटबाट अस्पतालको सेवा विस्तारका लागि आवश्य उपकरण खरिद गर्नेमा भएको र यो आर्थिक वर्षको बजेटबाट ट्रमा सेन्टर सञ्चालनका लागि थप उपकरण खरिद गरिने बताए ।

मन्त्री घिमिरेले भने, ‘पूर्व-पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र प्राकृतिक प्रकोपमा परेका मानिसलाई तत्काल उद्धार गरी उपचारको यथोचित प्रबन्ध मिलाउन प्रदेश सरकारले मंगलवारे अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छौं । ट्रमा सेन्टरका लागि आवश्यक उपकरणसहितको अस्पतालका रुपमा यही आर्थिक वर्षभित्रै मंगरबारे अस्पताललाई विकास गरिनेछ ।’

उनले अस्पतालाई ट्रमा सेन्टरका रुपमा विकास गर्नका बहुवर्षीय योजनामा समावेश गरिएको र अस्पतालको स्तरोन्ती गरी ५० शैय्याको बनाउने पनि बताए ।

मन्त्री घिमिरेले मंगलवारे अस्पताललाई प्रदेश सरकारले प्रदेशकै नमूना अस्पताल निर्माण गर्ने गरी तयारीसमेत भइरहेको बताए । ट्रमा सेन्टरसहित मंगलवारे अस्पतालमा थप डेन्टल सेवा पनि सञ्चालन गरिनेे उनको भनाइ छ ।

मंगलबारे अस्पताल सञ्चालक समितिका सदस्य कमलनारायण मल्लिकले हाल सामान्य शल्यक्रियामा हुने अस्पतालमा पहिलो चरणमा ट्रमा सेन्टरका लागि छुट्टाइएको २ करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरिएको जानकारी दिए । उनले अहिले अस्पतालमा शल्यकि्रया बनाउने काम पनि सम्पन्न् भएको जानकारी दिए ।

सदस्य मल्लिकले नेपालमा वीर अस्पतालमा मात्र ट्रमा सेन्टर भएकाले ट्रमा सेन्टर निर्माण सम्बन्धी कार्यविधि बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।

‘अस्पताललाई ट्रमा सेन्टरका लागि चाहिने आधारभूत पूर्वाधार निर्माणको कार्यमा अस्पताल सञ्चालक समिति जुटेको छ,’ सदस्य मिल्लकले भने, ‘यही आर्थिक वर्षभित्र आवश्य चिकित्सक र उपकरणसहितको सेवा प्रदान गर्न अस्पतालको लक्ष्य रहेको छ ।’ सोही अनुरुप अस्पताललाई विकास गर्न काम अहिले भइरहेको छ ।

वार्षिक एक करोड बढी आम्दानी

मंगलबारे अस्पतालले वार्षिक एक करोड २६ लाख रुपैयाँ आम्दानी गर्दै आएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा योगेशकुमार मण्डलले गएको आर्थिक वर्षमा अस्पतालले स्वास्थ्य सेवा प्रवाह गरी एक करोड २६ लाख रुपैयाँ आम्दानी गरेको जानकारी दिए ।

उनले मोरङ जिल्लाको सुदूरपूर्वी भेगमा रहेको अस्पताल राजमार्गसँग जोडिएकै कारण हरेक दिन बिरामीको चाप हुने गरेको बताए ।

अस्पताल प्रशासनका अनुसार अस्पतालमा दैनिक २ सयदेखि २५० जनासम्म बिरामीहरु सेवाको लागि आउने गरेका छन । मासिक ६० देखि ८० जनाले प्रसुती सेवा पनि लिइरहेको अस्पतालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment