+
+
Shares

‘बन्टी और बब्ली २’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १२:२०

चलचित्र ‘बन्टी और बब्ली’ले बक्स अफिसमा राम्रो कमाई गर्यो । नायक अभिषेक बच्चन र नायिका रानी मुखर्जीको मुख्य भूमिका रहेको यो चलचित्रको ‘कजरारे’ बोलको गीत सुपरहिट भयो । चलचित्र निर्माण भएको करिब १४ बर्षपछि यसको सिरिज बन्ने भएको छ । चलचित्रको छायांकन आजबाट सुरु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

तर, ‘बन्टी और बब्ली २’मा भने नायक र नायिकाको रुपमा अभिषेक र रानी छैनन् । यसपटक, हिट चलचित्रको सिरिजमा नव–नायक सिद्धान्त चर्तुवेदी र नव–नायिका सरभारीले काम गर्ने पक्का भएको छ ।

यो चलचित्रलाई वरुण शर्माले निर्देशन गर्दैछन् । जसले चलचित्र ‘सुल्तान र टाइगर जिन्दा हे’मा सहायक निर्देशक भएर काम गरेका थिए । आदित्य चोपडा यो चलचित्रका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?