+
+
Shares

सिन्धुपाल्चोक दुर्घटनाबारे छानबिन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १४:५६

१ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्धुपाल्चोकको ६ किलोमा भएको बस दुर्घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।

आइतबार भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र र भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरुलाई बोलाएर दुर्घटना दुर्घटनाको छानविन गर्न र न्यूनिकरणमा कदम चाल्न निर्देशन दिएका थिए ।

मंगलबार मन्त्रालयले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका सहसचिव राजेन्द्रराज शर्माको नेतृत्वमा समिति बनाएको छ । गृह मन्त्रालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि समेत रहेको समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

मन्त्रालयले विगतमा भएका दुर्घटनाहरुको अध्ययन गरी कारण, न्यूनिकरण उपायबारे नीतिगत र संरचनागत सुधारबारे प्रतिवेदन बुझाउन अर्को समिति बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?