+
+

कांग्रेसमा महाधिवेशनको मितिसँग विभागको विवाद पेचिलो

सहमति जुटाउन सिटौला सक्रिय

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते २१:२१

१ पुस, काठमाडौं । नेपाली कांग्रेसमा संस्थापन र रामचन्द्र पौडल समूहको विवाद उत्कर्षमा पुगेपछि एकाएक पूर्वमहामन्त्री कृष्ण सिटौला सक्रिय भएका छन् ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवालाई भेटेका उनले मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै कुराकानी गरेका छन् । नेताहरुकाअनुसार दुई पक्षको विवाद केही साँघुरिएको पनि छ तर सहमति भइसकेको छैन ।

मंगलबार भएको वार्तामा १४औं महाधिवेशनको कार्यतालिका बनाउन संस्थापन पक्ष सहमत देखिएको छ । तर केन्द्रीय महाधिवेशन फागुन कि मंसिर भन्ने बहस चलिरहेको छ । ‘हामीले मंसिर भनेका छौं, उहाँहरुले फागुन भन्नु भएको छ’ पौडेल समूहको वार्ता टोलीका सदस्य हृदयराम थानीले अनलाइनखबरसँग भने, ‘यसमा सहमति जुटाउन अब धेरै समस्या नहोला ।’

नेवि संघ र तरुण दलबारे पनि विवाद केही सँघुरिएको छ । पौडेल समूहले चार पदाधिकारी भएको तरुण दलको ६ महिना म्याद थप्नुभन्दा अब पोखरा महाधिवेशनको भावनाअनुसार ९५ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रस्ताव राखेको छ ।

नेवि संघमा संस्थापन पक्षले चार महामन्त्री प्रस्ताव गरेको छ । तर पौडेल समूहले उपसभापति, महामन्त्री र कोषध्यक्षमा भागवण्डा मिलाउन प्रस्ताव गरेको छ । साथै नेवि संघ र तरण दल मध्ये एकको नेतृत्व पाउनुपर्ने पौडेल समूहको अडान छ ।

पेचिलो विवाद भने केन्द्रीय विभागहरुमा छ ।

सभापति भएको झण्डै चार वर्ष केन्द्रीय विभागहरु बनाउन चासो नदिउका देउवाले कार्यकाल सकिनै लाग्दा २८ वाट बढाएर ४१ वटा बनाउन प्रस्ताव गरेका छन् । साथै संगठन, विदेश, प्रचार र प्रवाससम्बन्धी विभाग आफूसँग राख्ने संस्थापन पक्षको प्रस्ताव छ ।

तर भोट बैंक मानिएका चार वटै विभाग संस्थापन पक्षलाई छाड्न पौडेल समूह तयार छैन । ‘यसमा सहमति खोजौं र अरु विभागमा पनि हैसियत अनुसार गरौं भनेर हामीले भनेका छौं’ नेता थानीले भने, ‘भोलि पनि सहमतिको प्रयास जारी रहन्छ ।’

सहमति नभए भोलि पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्ने पौडेल समूहले बताएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आन्तरिक विवादहरु सहमपतपूर्वक टुंगिने वातावरण बन्दै गएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?