Comments Add Comment

ए डिभिजन लिगमा आज दुई खेल, साविक विजेता मनाङले एपीएफसँग खेल्ने

२ पुस, काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।

मनाङ र एपीएफबीचको खेल दिउँसो २ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । गत वर्ष लिग जित्दाका कप्तान विराज महर्जनसहित ७ खेलाडी यस सिजन मछिन्द्र क्लबमा गएपछि मनाङलाई यस सिजन उपाधि रक्षा गर्ने चुनौती छ ।

७ खेलाडीको बहिर्गमन, भरपर्दा खेलाडी अन्जन विष्टको निलम्बनलगायत कारणले लिग खेल्न नपाउने भएपछि मनाङलाई अहिले चिन्ता छ ।

मनाङ यस सिजन डिफेण्डर कमल श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । यस्तै गत सिजन खेलेका खेलाडीमा मलसँगै सुरज विक विमल रानालगायत खेलाडी मनाङसँग छ । गत सिजन श्रम प्रकिया नमिल्दा टचलाइनमा बस्न नपाएका नाइजेरियन प्रशिक्षक फुजा तोपेले मनाङको प्रशिक्षण सम्हाल्नेछन् ।

त्यसअघि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्टो टर्फ मैदानमा ललितपुरे डर्बी खेल हुनेछ । दिउँसो साढे १२ बजे थ्री स्टार क्लब र जावालखेल युथ क्लबबीच खेल हुनेछ । थ्री स्टार विक्रम लाको कप्तानीमा मैदान उत्रनेछ भने कुलदीप कार्कीले जावालखेलको नेतृत्व सम्हाल्नेछन् ।

आजको दुई खेलपछि लिगको पहिलो चरणका सात खेल सकिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment