+
+

मुद्रा अपचलनको आरोपमा उपराष्ट्रपतिकी श्रीमती पक्राउ

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७६ पुष २ गते १४:००

२ पुस, हरारे । मुद्रा अपचलन गरेको आरोपमा जिम्बाबेका उपराष्ट्रपतिकी श्रीमती पक्राउ परेकी छिन् ।

उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेङगाकी श्रीमतीलाई पक्राउ गरिएको जिम्बाबेको भ्रष्टाचार विरुद्धको आयोगका अधिकारीले सोमबार पुष्टि गरेका छन् ।

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिए ।

मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएसम्वन्धी छ ओटा, मुद्रा अपचलनसम्वन्धी पाँच ओटा र जालसाझीसम्वन्धी एउटा मुद्दा लगाइएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?