+

पुनित चम्केपछि पोखरामाथि बिराटनगरको सहज जीत

२०७६ पुष  २ गते १७:४५ २०७६ पुष २ गते १७:४५
पुनित चम्केपछि पोखरामाथि बिराटनगरको सहज जीत

२ पुस, पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिगको छैटौं खेलमा बिराटनगर टाइटन्सले पोखरा पल्टनलाई ४५ रनले हराएको छ । बिराटनगरले दिएको एक सय ४६ लक्ष्य पछ्याएको पोखरा १०० रनमा नै अलआउट भयो ।

पोखराले टस जितेर बिराटनगरलाई पहिलो ब्याटिङको निम्तो दिएको थियो । पोखराका ओपनरहरु सुनिल धमला र मुहम्मद जइद अलामले पहिलो विकेटका लागि  अर्धशतकीय साझेदारी गरे । आलम २६ र धमला ३६ रन बनाएर आउट भए ।

तेस्रो नम्बरमा आएका कप्तान प्रदिप ऐरी चल्न सकेनन् । उनी ६ रन मात्र बनाउँदा रन आउट भए भने त्यसपछि आएका नोमन खानले पनि १ रन मात्र बनाउन सके । तर, पाचौं नम्बरमा आएका भारतीय ब्याट्सम्यान पुनित मेहराले विष्फोटक इनिङ खेले । उनले २६ बलमा ४ छक्का र ५ चौकाको मद्दतले अविजित ६१ रन बनाउँदै बिराटनगरलाई बलियो स्कोरसम्म पुर्‍याएका थिए ।

जवाफी ब्याटिङमा आएको पोखराले आक्रामक सुरुवात गरे पनि लगातार विकेट गुमाउँदै गयो । पोखराका कुशल भुर्तेलले १३ बलमा २४ रन बनाएर आउट भए भने अर्का ओपनर २२ बलमा १३ रन बनाए । चौथो नम्बरमा आएका रोहितकुमार पौडलले ३८ बलमा ३४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रहन बनाउन सकेनन् । कप्तान शरद भेषावकर शून्यमै आउट भएका थिए ।

बिराटनगरका बलर किशोर महतोले ३ विकेट लिए भने जितेन्द्र मुखिया र मोहम्मद जाइद आलमले २ विकेट हात पारे ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय