Comments Add Comment

पुरुषमा बाझोपना : पत्ता लगाउनै गाह्रो

उमेर पुगेपछि धेरैले झेल्ने प्रश्न हो, ‘विवाह कहिले गर्ने ?’

विवाह गरेपछि यो प्रश्न झेल्नुपर्दैन । तर, अर्को प्रश्न सामना गर्नुपर्छ । अक्सर नव-विवाहितलाई सोधिन्छ, ‘अब बच्चा कहिले हेर्न पाउने नि ?’

विवाह गरिसकेपछि आफ्नो कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई । तर, सबैको रहर पुरा हुँदैन । कतिपय दम्पती निःसन्तान हुन्छन् । यसमा धेरैजसो महिलालाई दोष दिइन्छ । जबकी यसको दोष पुरुषमा पनि हुन्छ ।

पुरुषमा त्यस्ता अनेक कारण हुन्छन्, जसले उनीहरु निःसन्तान हुनपुग्छन् । पुरुषमा हुने त्यस्तै एउटा समस्यालाई हिस्टोन्स भनिन्छ । महत्वपूर्ण कुरा के छ भने मेडिकल टेस्टमा समेत यसको कारण पत्ता लाग्न सक्दैन ।

दशकौंदेखिको चुनौती

जो पुरुषहरुमा प्रजननसँग सम्बन्धीत समस्याहरु हुन्छन् । उनीहरुको समस्या सामान्य रुपमा मेडिकल टेस्टहरुका क्रममा सहजै पत्ता लगाउन सकिन्छ । त्यही हिसावले उनीहरुको उपचार गरिन्छ । तर, कति पटक के पनि हुन्छ भने जब सम्पूर्ण रिपोर्टहरु नर्मल आए पनि पुरुषले बुबा बन्ने सुखबाट बञ्चित हुनु पर्दछ । यसको पछाडिको कारण खोज्नमा वैज्ञानिकहरु थुप्रै दशकदेखि लागि परेका थिए ।

के हो हिस्टोन्स ?

हिस्टोन्स एउटा विशेष प्रकारको क्षारीय प्रोटिन हो, जून यूकेरियोटिक सेल न्यूक्लियसमा पाइन्छ । यसले न्यूक्लियोसोम स्ट्रक्चर सेल्समा डीएनएलाई रेगुलेट गर्छ । हिस्टोन एउटा विशेष प्रकारको समस्याका रुपमा पुरुष प्रजननमा वाधा बनेर अगाडि आउने गर्दछ ।

दशकौंको प्रयासको परिणाम

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयको एउटा नयाँ अनुसन्धानमा केही एपिजेनेटिक कारणहरु पत्ता लगाइएको छ, जसले अस्पष्टीकृत पुरुष बाँझोपनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अनुसन्धानकर्ताहरुले ती अस्पष्ट कारणहरुमध्ये एक लाई हिस्टोन पनि हुन सक्ने पाएका छन् ।

अहिलेसम्मको मान्यता

पछिल्लो एक दशकमा वैज्ञानिकहरु पुरुष बाँझोपनका लागि उनीहरुको शुक्राणुहरुलाई कारण मान्दै आइरहेका थिए, जुन फर्टाइल हुन सक्दैन थियो र विकसित हुने क्रममा हिस्टोनलाई हटाउन सक्दैन । किनभने फर्टिलिटीका शुक्रकीटहरुलाई डीएनएमार्फत हिस्टोन नामक प्रोटिनलाई अलग गरिदिन्छ । त्यस्तो बेला जुन शुक्रकीटले त्यस्तो गर्न सक्दैन । त्यस्ता पुरुषहरु बाँझोपनका लागि जिम्मेवार मानिँदै आइएको छ ।

काहीँं आवश्यक काहीँं कामै नलाग्ने हिस्टोन

त्यसो त केही अध्ययनहरुमा हिस्टोनलाई महत्वपूर्ण जीन प्रमोटर समेत मानिएको छ । जबकी केही अध्ययनहरुमा तिनीहरुलाई अति नै काम नलाग्ने समेत भनिएको छ । ताजा अनुसन्धानमा यी दुबै परिणामहरु सही पाइएको छ । उक्त अनुसन्धानका वरिष्ठ अनुसन्धानकर्ता लेसी जे लुइसका अनुसार केही स्थितिहरुमा भ्रूणको विकासका लागि हिस्टोनको स्थिति अनिवार्य हुन्छ, जबकि केही स्थानहरुमा भने हिस्टोनको आवश्यकता नै पर्दैन ।

आगामी दिनमा फाइदा

उक्त शोध जर्नल डेभलपमेन्ट सेलमा प्रकाशित भएको थियो । आफ्नो उक्त अध्ययनमा शोधकर्ताहरुले शुक्रकीटमा परिवर्तित मेकानिजमहरुका बारेमा बुझे । उनीहरुका अनुसार अनुसन्धानका परिणामहरुपछि ती समस्याका लागि आवश्यक औषधिहरु विकास गर्न सहयोग पुग्ने छ ।

यो पनि हो कारण

अनुसन्धानकर्ताहरुका अनुसार कतिपय विषयहरुमा हिस्टोनहरु गलत ठाउँमा बस्नाले पनि कतिपय पुरुषहरुमा बाँझोपनाको कारण बन्न पुगेको छ । किनभने त्यसले भू्रणको विकासमा समस्या पैदा हुन्छ । उक्त अध्ययनपछि अब हामीलाई के कुराको जानकारी भइसकेको छ भने जुन अवस्थामा शुक्रकीटले डीएनएबाट हिस्टोनलाई अलग गर्न सक्दैन । त्यो स्थितिमा भ्रूणको विकासका लागि सहयोगको आवश्यकता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment