+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

युएईका नेपालीको सुझाव– मध्यपूर्वका पर्यटक भित्र्याउन सरकारले विशेष योजना ल्याओस

रुपेश अधिकारी रुपेश अधिकारी
२०७६ पुष ४ गते १२:०५

युएई । नेपाल भ्रमण वर्ष २०२० मा मध्यपूर्वका पर्यटक भित्र्याउन सरकारले विषेश योजना ल्याउनु पर्ने युएईमा कार्यरत नेपालीहरुले सुझाव दिएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाली दूतावास आबुधाबीले बुधवार युएईमा आयोजना गरेको अन्तक्रियामा सहभागीले मध्यपूर्वका पर्यटक भित्र्याउन उनीहरुको रुचि र चाहना अनुसारका योजना ल्याउनु पर्नेमा जोड दिए ।

युएई दोस्रो युरोप तथा विभिन्न देशका नागरिकको भ्रमण गन्तव्यका रुपमा विकास हुँदै गरेको र यहाँबाट नेपालमा समेत पर्यटक लैजान नेपाल सरकारले पहल गर्नुपर्ने सहभागीको धारणा थियो ।

युएईमा ट्राभल व्यवसाय गर्दै आएका एकेन्द्र थापाले मध्यपूर्वलाई श्रमसँगै नेपालको आर्थिक साझेदारीमा पनि सहभागी गराउनु पर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै प्रवासी एकता नेपाली समाज युएईका अध्यक्ष सशी सिलवालले खाडी मुलुकहरुमा नेपालको धार्मिक भन्दा पनि हिमालयन पर्वत तथा प्राकृतिक गन्तव्यको प्रचारमा केन्द्रित हुनुपर्ने जनाए ।

यस्तै द्धितीय क्षेत्रमा कार्यरत प्रकाश पौडेलले यहाँका मुख्य पर्यटकीय स्थानहरुमा नेपाली मेला र प्रचारलाई जोड दिर्नुपर्ने जनाए । यस्ता किसिमका कार्यक्रम विदेशमा आयोजना हुदाँ सम्बन्धित देशका नागरिक केन्द्रित हुनुपर्ने उनको सुझाव छ।

विजनेश काउन्सिलका उपाध्यक्ष चन्द्रप्रसाद सापकोटाले भ्रमण वर्षलाई सफल बनाउन युएईमा रहेका संघसंस्था र विजनेश काउनशीलले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

निजी क्षेत्र सकृय हुनर्‍यो : पौडेल

भ्रमण वर्ष सचिवालयका उपसचिव राजन पौडेलले पर्यटन वर्ष सफल बनाउन सरकारले गरिरहेको गतिविधिबारे जानकारी गराएका थिए ।

उनले नेपाली कला संस्कृति  को चर्चा गर्दै युद्धपछिको शान्तियात्रामा नेपालको सफलताको सन्देश विश्वमा पुगेकाले पनि नेपालप्रतिको आकर्षण बढेको बताए । उनले थपे, ‘पूर्वाधारको विकासले पर्यटन क्षेत्रलाई थप सहजता दिलाएको छ । सरकारले बिभिन्न देशका नागरिकलाई सम्बन्धित देशमा पर्यटक सम्भावना दूत तोकेर प्रचार गरिरहेको छ ।’

उनले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रलाई सकृय हुन आग्रहमसमेत गरे ।

गरिबीको टालो हटाउनुपर्छ : राजदूत ढकाल

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले पर्यटक भित्र्याउन मुख्य तीनवटा पक्ष औल्याए । यसका लागि देशको इमेज महत्वपूर्ण हुने र गरिबीको टालो हटाउनुपर्ने जनाए ।

राजदूतले भने, ‘हामीले सधै हामी गरीब छौँ भनेर सानो बन्न हुँदैन। हाम्रो गरिबी हेर्न कोही आउँदैन । मध्यपूर्वबाट १ प्रतिशतको हाराहारीमा मात्र पर्यटक जाने गरेका छन् । लक्षितवर्ग निर्धारण गरेर प्याकेज बनाउनुपर्छ । ‘

यस्तै हवाईमार्ग, पर्यटकीय पूर्वाधार र निजी क्षेत्रको सहभागितालाई प्राथमिक्ता दिनुपर्ने उनको भनाइ छ । भ्रमण वर्ष २०२० सुरुआत मात्र भएको र यसले व्यवस्थित यात्रा तय गर्नुपर्ने बताए । निजी क्षेत्रबाट भ्रमण योजनाको तर्जुमा गर्न सुझाव दिदै दूतावासले समन्वयात्मक भूमिका निर्वाह गर्ने राजदूत ढकालले जनाए ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. साबित्री थापा गुरुङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डिल्लिराज घिमिरे, दूतावासकातर्फबाट उपनियोग प्रमुख रीता धिताल, सूचना अधिकारी भुवन ओझा, श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुषाललगायतको उपस्थिति थियो ।

युएईमा रहेका विभिन्न संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधि, नेपाली व्यवसायीलगायतको सहभागितामा कार्यक्रम भएको थियो ।

भ्रमणवर्ष प्रचार सचिवालयको टोलीले मध्यपूर्वमा ओमान र युएईमा पर्यटन प्रचारको कार्यक्रम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?