+
+
Shares

सोवा रिक्पा : नेपालको प्राचीन चिकित्सा पद्धति

क्यान्सर, मधुमेह जस्ता रोग जहै्रदेखि निर्मुल पार्ने सो विधिबारे युनेस्कोमा जुँगाको लडाईं

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १२:२६

आधुनिक स्वास्थ्य प्रणालीबाट समेत पूर्ण रुपमा उपचार हुन नसकेका क्यान्सर, मधुमेह, हृदय रोग तथा अर्थाेडाइटिस आदिलाई निर्मूल पार्न सक्ने विश्वास गरिने प्राचीन चिकित्सा प्रणालीको बारेमा नेपालले चासो नदिँदा नेपालको मौलिक चिकित्सा प्रणाली नेपालमा गुमनाम छ । विभिन्न बौद्ध ग्रन्थहरुले निर्देशित गरेको यो चिकित्सा प्रणाली आफ्नो मौलिक चिकित्सा प्रणाली रहेको भन्दै भारत र चीनले युनेस्कोमा दाबी गरिरहेको बेलामा नेपालले भने बल्ल मन्त्रालयमा यसको प्रचारप्रसार र व्यवस्थापनको लागि छलफल अघि बढाएको छ ।

गत महिनामात्रै भारत सरकारले सोवा रिग्पा अनुसन्धान संस्थान गठन गर्ने निर्णय गरेको थियो । भारतीय र चिनियाँ सञ्चारमाध्यमहरुमा उल्लेख भएको अनुसार पछिल्ला वर्षदेखि यसको विषयमा युनेस्कोमा पनि व्यापक छलफल सुरु भएको छ । भारत यतिबेला यो चिकित्सा पद्धति आफ्नो भएको पुष्टि गराउने प्रमाण संकलनमा व्यस्त छ । चीनले पनि आफ्नो दाबी पेश गर्नको लागि सक्दो तयारी गरिरहेको छ । तर, नेपाल भने यो उपचार पद्धतिको विषयमा औपचारिक रुपमा अझै बेखबर छ ।

यो मूलभूत रुपमा नेपालको हिमाली भेगमा धेरै प्रयोगमा आउने गरेको जानकारहरु बताउँछन् । सोव रिग्पा सम्बन्धी विषयका जानकार एवं विभिन्न ठाउँमा यसको प्रचारमा संलग्न रहेका डा. सुरेन्द्र ऐर यो चिकित्सा पद्धति नेपालको मौलिक चिकित्सा पद्धति रहेको भन्दै यसलाई अपनत्व स्वीकार गरेर यसको प्रचारप्रसारमा लाग्नुपर्ने बताउँछन् ।

पूर्वदेखि पश्चिमसम्मको अधिकांश हिमाली भेगका मानिसहरुले प्रयोग गर्ने यो चिकित्सा पद्धतिले क्यान्सर, मधुमेह जस्ता रोगलाई जह्रैदेखि निर्मुल पार्ने दाबी गर्छन् । विशेषगरी हिमालय क्षेत्रमा अहिलेपनि भेटिने यो चिकित्सा पद्धतिमा खनिज र आवश्यक औषधीय गुण पर्याप्त हुने ऐर बताउँछन् ।

यो विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि यो विषयमा छलफल सुरु भएको छ । मन्त्रालयका वरिष्ट कन्सल्टेन्ट एवं आयुर्वेद विज्ञ डा. बाबुराजा अमात्यले यस विषयमा मन्त्रालयमा छलफल सुरु भएको जानकारी दिए । यो विशेषगरी नेपालको हिमाली भेगमा विकास भएको नेपालको मौलिक चिकित्सा पद्धति भएको जानकारी दिए । यसलाई भारतले ब्राण्डिङ गरेर आफ्नोपन दिन थालेको भन्दै यो चिकित्सा प्रणालीमा नेपालको मौलिक चिकित्सा प्रणालीको रुपमा विकास गर्नुपर्ने जानकारी दिए ।

के हो सोवा रिग्पा ?

आयुर्वेद जस्तै उपचारपद्धतिको रुपमा रहेको सोवा रिग्पा एक बौद्ध चिकित्सा प्रणाली हो । बौद्ध ग्रन्थ अनुसार गौतमबुद्धले आफ्ना शिष्यहरुलाई सिकाएको चिकित्सा विधिको आधारमा तयार पारिएको विधि सोही समयदेखि अनवरत रुपमा चल्दै आएको विश्वास छ ।

यो नेपालको पूर्वदेखि पश्चिमसम्मको हिमाली भेगका साथै भारतको पश्चिम बंगालको दार्जिलिङदेखि सिक्किम, अरुणाचल, हिमाञ्चल हुँदै लद्दाकसम्मको उच्च हिमाली भेगमा पाउन सकिन्छ । चीनको समेत तिब्बती भेगका उच्च हिमाली भूभागहरुमा यसको प्रचलन पाइन्छ । यसैको आधारमा भारतले यो उपचार पद्धतिलाई भारतीय उपचारपद्धतिको रुपमा दाबी गर्नको लागि प्रस्ताव समेत पुर्‍याइसकेको छ । त्यस्तै, चीनले पनि आफ्नो उपचार पद्धति भएको भन्दै युनेस्कोमा प्रस्ताव पेश गरेको छ ।

सोवा रिग्पा विश्वको पार्थिव, जीवन्त र प्रलेखित चिकित्सा पद्धतिहरु मध्येको एक हो । यस्तो मान्यता छ कि सोवा रिग्पाको मूल पाठ्य पुस्तक ‘रग्युद ब्जी’ को शिक्षा गौतम बुद्धद्वारा नै दिइएको थियो । यो चिकित्सा पद्धतिलाई ‘तिब्बती’ वा ‘आमचि’ नामले चिन्न सकिन्छ । यो चिकित्सा पद्धतिलाई भारत सरकारले अहिले छैठौं चिकित्सा प्रणालीको रुपमा मान्यता दिएको छ । नेपालमा भने यो गुमनाम प्रायः छ ।

सोवा रिग्पामा परम्परागत चिनियाँ चिकित्सा प्रणालीको केही भाग समावेश भएको हुन्छ । पहिले श्रुतिस्मृति परम्परामा आधारित रहेको यो पद्धति केही सय वर्ष अघिसम्म मात्रै यसलाई लिपिबद्ध गरेका हुन् । यो चिकित्सा पद्धतिमा चिकित्सकहरुले छोएर वा प्रश्न सोधेर नै त्यसको उपचार गर्ने गर्छन् ।

यो कुनैपनि रोगलाई जरैदेखि निर्मुल पार्न सक्षम छ भन्ने विश्वास छ । यो पद्धतिमा प्रयोग गरिने सबै जडिबुटी हिमालयमा पाइने विभिन्न किसिमका वनस्पतीहरुबाट तयार पार्ने गरिन्छ । हिमालयको माटोहरुमा अधिक मात्रामा मिनेरल्स र खनिज पदार्थको प्रयोग हुने भएकोले यस्ता जडिबुटीहरुले क्यान्सर, मधुमेह, हृदय रोग, तथा अर्थाेडाइटिस जस्ता गम्भीर बिरामीहरुको लागि प्रयोग गर्ने गरिन्छ । आयुर्वेदमा औषधीय बिरुवाहरुको सबै भागहरु प्रयोग गरिन्छ । तर, यो पद्धतिमा औषधिको लागि बिरुवाको पात र फूल मात्रै प्रयोग गर्ने गरिन्छ । यो एक किसिमको अमूर्त संस्कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?