+
+
Shares

विराटनगर भन्सारबाट आयात निर्यात ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १७:३४

८ पुस, काठमाडौं । विराटनगर भन्सार कार्यालयबाट ५ दिनदेखि सामान आयात नियात ठप्प भएको छ । भारतले मिरगञ्ज पुल मर्मत गर्ने भनी डिसेम्बर १९ तारेखदेखि विराटनगर नाकाबाट हुने सामान ढुवानी बन्द गरेको थियो ।

उक्त पुल मर्मत डिसेम्बर २२ तारेखमा सकिने भनिए पनि अझै ढुवानीका साधन बन्द गरिएको छ ।

अहिले विराटनगर भन्सार कार्यालयबाट सामा आयात निर्यात ठप्पजस्तै रहेको भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले जानकारी दिए । मिरगञ्ज पुल विराटनगरदेखि ४ किलोमिटर टाढा भारतीय क्षेत्रमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?