+
+

सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ११ गते १५:१९

११ पुस, काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्लु क्रस अस्पतालबीच स्वास्थ्यउपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख डिजिटल बैंकिङ विक्रम श्रेष्ठ र ब्लु क्रस अस्पताल लिमिटेडको तर्फबाट सदस्य सचिव कार्यकारी व्यवस्थापन समिति रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ब्लु क्रस अस्पताल लिमिटेड साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा १० प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको ब्लु क्रस अस्पताल लिमिटेड, काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?