Comments Add Comment

वासिङ मेसिनमा लुगा धुने तरिका

व्यस्तता र सुविधालाई ध्यानमा राखेर बजारमा डिस वासर, वासिङ मेसिन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक मेसिनहरु उपलब्ध छन् । यी सामग्रीहरुले हाम्रो मेहनत, समय र कामलाई सजिलो बनाइदिएको छ । तर, हाम्रो कामलाई सजिलो बनाउने यी मेसिनहरुको प्रयोग यदि हामीले सही तरिकाले गरेनौं भने यसले तपाईंको काम बिर्गान पनि सक्छ ।

-वासिङ मेसिनमा लुगा धुँदा सकेसम्म भिन्दा-भिन्दै लुगालाई भिन्दा-भिन्दै धुने कोसिस गर्नुपर्छ ।

-लुगा धुनु अगाडि तिनीहरुलाई भिन्दा-भिन्दै राख्नुपर्छ । जस्तो धेरै फोहोर भएका लुगालाई भिन्दै धुनु पर्छ भने अलि कम फोहोर भएका लुगालाई भिन्दै धुनुपर्छ । त्यस्तै ऊनी र सूतीका लुगाहरुलाई भिन्दै धुनुपर्छ । यसरी नै सिरक, टाबेल र तन्नाहरुलाई भिन्दै धुनुपर्छ । सबै किसिमका लुगाहरुलाई एक पटकमा नै मेसिनमा धुनु राम्रो हुँदैन ।

वासिङ मेसिनमा लुगा हाल्नुअघि ध्यान दिने कुराहरु

मेसिनमा लुगा हाल्ने पनि आफ्नै तरिका हुन्छ । जस्तै ठूला लुगा पहिला हाल्नुपर्छ भने साना र त्योभन्दा पनि साना लुगाहरु त्यसपछि हाल्नुपर्छ । मेसिनमा लुगा हाल्दा खोलेेर हाल्नुपर्छ । यदि लुगालाई त्यतिकै मेसिनमा हाल्नाले लुगाहरु आपसमा अल्झिन्छन् र जुन समयमा मेसिन घुम्छ, त्यो समयमा लुगा च्यातिने र मेसिनमा पनि समस्या आएर नचल्ने स्थिति पनि उत्पन्न हुनसक्छ ।

रंग जाने लुगालाई भिन्दै राख्नुपर्छ

वासिङ मेसिनमा कुनै पनि नयाँ लुगा हाल्नु अगाडि रंग जान्छ कि जाँदैन भन्ने कुरा जाँच गर्नुपर्छ । यदि रंग जाने लुगा छ भने मेसिनमा हालेका सबै लुगा बिग्रनसक्छ ।

मेसिन प्रयोग गर्नु अगाडि बुकलेट पढ्नुपर्छ

धेरै वासिङ मेसिनहरुको बुकलेटमा नर्मल डिटर्जेन्टसँगै आधा बिर्को मेसिनको डिटर्जेन्ट पनि हाल्नुपर्छ भनेर निर्देशन दिएको हुन्छ । मेसिनको डिटर्जेन्ट भिन्दै हुन्छ । जसलाई छुट्टै किन्नुपर्छ । तर, कहिलेकाहीँ महिलाहरु मेसिनको छुट्टै डिटर्जेन्ट किन किन्नु पर्‍यो भन्ने सोच्छन् । तर, त्यस्तो सोच्नु गलत हो । मेसिनको डिटर्जेन्टले लुगा धेरै सफा हुन्छ ।

वासिङ मेसिनको लागि सही डिटरजेन्ट छनोट गर्नुपर्छ

डिटरजेन्ट छनोट गर्दा पाउडर अथवा लिक्विड डिटर्जेन्ट प्रयोग गर्ने निर्धारण गर्नुपर्छ । लिक्विड डिटर्जेन्ट धेरै मंहंगो छ कि भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । त्यस्तै तपाईं यदि लुगा धुन चिसो पानीको प्रयोग गर्नुहुन्छ भने सर्फ पाउडर पानीमा राम्रोसँगै घुल्दैन भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । अति नै नरम लुगालाई धुनका लागि लिक्विड डिटर्जेन्टको प्रयोग गर्नुपर्छ ।

फेब्रिकलाई ध्यान दिनुपर्छ

डिटर्जेन्टको प्रयोग गर्दा फेब्रिकलाई पनि ध्यान दिनुपर्छ । सिल्क अथवा ऊनीका लुगा धुनका लागि सफ्ट डिटर्जेन्टको प्रयोग गर्नुपर्छ । बालबालिकाका लुगा धुनका लागि अति नै सफ्ट डिटरजेन्टको प्रयोग गर्नुपर्छ । किनभने बालबालिकाको छाला अति नै संवेदनशील हुन्छ ।

सेतो लुगा धुनका लागि ब्लिच फर्मुला भएको डिटर्जेन्टको प्रयोग गर्नुपर्छ भने रंगीन लुगाको धुनका लागि लुगा चम्किने किसिमको डिटर्जेन्ट प्रयोग गर्नुपर्छ । लुगा धुँदा सबैभन्दा पहिला डिटर्जेन्ट हाल्नुपर्छ त्यसपछि मात्र लुगा । यसो गर्दा लुगामा डिटर्जेन्ट टाँसिने र लुगाको रंग जाने सम्भावना कम हुन्छ ।

दाग लागेको कपडालाई ध्यान दिनुपर्छ

लुगा वासिङ मेसिनमा हाल्नु अगाडि त्यसमा लागेको दागलाई हातले नै धोएर हटाउनुपर्छ । वास्तवमा वासिङ मेसिनमा दाग लागेको कपडा सिधै धुन हाल्नाले दागको निशान झन् गाढा हुन्छ ।

लुगा धोएपछि मेसिन सफा गर्नुपर्छ

लुगा धोएपछि वासिङ्ग मेसिनको डिटजेन्ट बक्स पनि सफा गर्नु आवश्यक छ । त्यसमा बाँकी रहेको वासिङ पाउडर निकाल्नुपर्छ र राम्रोसँगै सफा गर्नुपर्छ । सम्भव छ भने बक्स सबै बाहिर निकालेर कुनै पुरानो टूथब्रशले सफा गर्नुपर्छ । वासिङ मसिन भित्रको ड्रम पनि सफा गरिराख्नुपर्छ । जसले गर्दा मेसिन सफा रहिरहन्छ । त्यसमा स-साना छिद्र हुन्छन्, जसमा किटाणु जमेको हुन्छ । हरेक महिना खाली मेसिन केही समय चलाउनु उपयुक्त हुन्छ । यसको लागि डिसवासर ट्याब्लेट र तातो पानीको प्रयोग गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment