Comments Add Comment

के राजकुमार हिरानीको फिल्ममा काम गर्न साहरुख तयार भएका हुन् ?

बलिउड नायक साहरुख खानको नयाँ चलचित्र रिलिज नभएको १ बर्ष भयो । गतबर्षको क्रिसमसमा रिलिज भएको ‘जीरो’ असफल भएपछि साहरुखले नयाँ चलचित्र घोषणा गरेका छैनन् । यसैले, उनको चलचित्र आगामी बर्षमा पनि रिलिज नहुने पक्का छ । यो विचमा साहरुखका फ्यान र सिंगो बलिउड नै उनको नयाँ चलचित्रलाई लिएर उत्साहित छ । साहरुखले, अब कुन चलचित्रमा काम गर्छन् भन्ने कौतुहलता विश्वभर छ ।

तर, साहरुख र उनको टिमले यसलाई गोप्य नै राखिरहेको छ । यो विचमा उनको नाम थुप्रै निर्देशकसँग जोडिए, तर कुनै निर्देशकसँग पनि उनको टिमअप हुन सकेन । तर, अब भने साहरुखले बलिउडका सवैभन्दा सफल मानिएका निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्ने पक्का भएको खबर सार्वजनिक भएको छ ।

बलिउड बजारमा साहरुखले हिरानीको चलचित्रका लागि ‘हुन्छ’ भनेको खबर मिडियामा चलिरहेको छ । तर, यो बिषयमा साहरुख र उनको टिमले केही पनि बताएको छैन । भारतीय मिडियाका अनुसार, साहरुखको यो चलचित्रको छायांकन अप्रिल महिनाबाट सुरु हुनेछ । चलचित्रका निर्माता सन् २०२१ का लागि डेट खोजिरहेका छन् ।

उनका फ्यानले भने नयाँ बर्षमो चलचित्रको घोषणा हुने अपेक्षा गरिरहेका छन् । आफ्नो जन्मदिनमा साहरुखले नयाँ चलचित्रको घोषणा चाडै नै गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment