Comments Add Comment

प्रतिबन्धित खाना खानेहरु एक्लोपनको शिकार

जब हामी कुनै पनि होलिडे प्लान गर्छौं । त्यो बेलामा सबैभन्दा राम्रो बस्ने र खाने ठाउँ हेर्नु अति नै आवश्यक हुन्छ । बिदाको क्रममा गरिने खानपान सबैभन्दा महत्वपूर्ण कुरा हो । साथीभाइसँग बिदामा जाने कुरा होस् अथवा परिवारसँग ट्रिपमा जाने । तर, जो व्यक्तिले प्रतिबन्धित खाना अथवा प्रतिबन्धि डाइट  लिन्छन् । उनीहरु यस प्रकारको अवसरहरुमा प्रायः एक्लोपनको शिकार हुुन्छन् । परिवार र साथीभाइसँग रमाइलो गर्ने क्रममा पनि कोही एक्लोपनको शिकार हुन सक्छन् ।

तपाईंं यो कुरा थाहा पाएर आश्र्चयमा पर्न सक्नुहुन्छ । तर, एउटा अध्ययनको नतिजाको आधारमा यो कुरा सही प्रमाणित भएको छ । उक्त सर्वेक्षणका अनुसार जुन व्यक्ति प्रतिबन्धित डाइट लिन्छन् अथवा कुनै निश्चित डाइटलाई पछ्याउँछन् । त्यस्ता व्यक्तिहरु बिदाको क्रममा ग्रुप इटिङको समयमा आफूलाई एक्लो अनुभव गर्न थाल्छन् । किनभने उनीहरु आफ्नो खाना कोहीसँग सेयर गर्न सक्दैनन् । तर, अरु एक-अर्काको प्लेटबाट खाना सेयर गर्दै खाएर आनन्द लिन्छन् ।

बारम्बार त्यस्तो हुनाले त्यस्ता व्यक्ति भित्र एक्लोपनको भावना उत्पन्न हुन्छ । त्यसैले ऊ सबैसँग भएर पनि आफूलाई भिन्दै भएको महसुस गर्छ । अमेरिकाको कर्नेल विश्वविद्यालयका सर्वेक्षणकर्ताहरुले गरेका भिन्दा-भिन्दै अध्ययनका अनुसार एलर्जी हेल्थ ईस्यू, रिलिजन  अथवा फिटनेसको चिन्ताका कारण फूड रेष्ट्रिकेसन बालबालिका र बयष्क दुबै भित्र एक्लोपनको भावनालाई जन्माउँछ ।

त्यस्तो अवस्थामा रेस्टि्रक्टेड खाना खाने व्यक्तिहरुको सामूहिक भेटघाटको क्रममा पनि आफूलाई लेफ्ट आउट फिल गर्छन् । किनभने उनीहरु खाना सम्बन्धी बानीलाई सुधार्न सक्दैनन् ।

कहिलेकाहीँ स्वस्थकर खानाले पनि एक्लो बनाउँछ

यो अध्ययन जर्नल अफ पस्र्नालिटी एन्ड सोसल साइक्लोजीमा प्रकाशित भएको हो । प्रतिबन्धित खाना अथवा रेस्टि्रक्टेड फूड खाने व्यक्तिहरु भित्र एक्लोपनको भावना बढ्छ भन्ने कुरालाई उनीहरुले आफ्नो अध्ययनबाट प्रमाणित गरेका छन् ।

विशेष गरेर अविवाहित र कम आम्दानी भएका बयस्कहरु यस्तो खानाको धेरै शिकार हुन्छन् । यदि बालबालिकाको कुरा गर्ने हो भने यस्तो प्रकारको एक्लोपनका शिकार भएका त्यस्ता बालबालिका झन् धेरै भएको पाइन्छ । जसलाई अंग्रेजी भाषाको जानकारी हुँदैन । यसको साथै एक्लोपनको भावनाको गहिराई खानपानमा त्यस्तो प्रतिबन्ध उनीहरु आफैंले लगाएका हुन् कि कुनै बाध्यतामा उनीहरुले यस्तो गर्नु परेको हो भन्ने कुुरामा पनि निर्भर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment