+
+
Shares

आर्थिक अनियमिताको विषय लेखा समितिले हेर्न मिल्छ, हेर्नुपर्छ : सांसद ठगुन्ना

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले सार्वजनिक लेखा समिति आर्थिक अनियमितताको विषयमा गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।
  • उहाँले सार्वजनिक लेखा समिति जनताको सर्वोच्च संस्था भएको उल्लेख गर्दै मुलुकका जुनसुकै निकायमा हुने आर्थिक अनियमितता छानबिन गर्नुपर्ने बताए।
  • प्राप्त उजुरीबारे स्थलगत अध्ययन र अन्य निकायसँग समन्वय गरी समिति ठोस निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए।

१८ साउन, काठमाडौं । नेकपा (एमाले) का सांसद गणेश सिंह ठगुन्ना आर्थिक अनियमिमता भएको विषयमा सार्वजनिक लेखा समिति गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरूलाई उजुरी वितरण गरी अध्ययन तथा छलफल प्रक्रिया अगाडि बढाएको हो ।

उक्त छलफलमा भाग लिँदै उनले कुनैपनि निकायमा भएको आर्थिक अनियमितताको विषय समितिले हेर्न पाउनुपर्ने बताए ।

‘सार्वजनिक लेखा समिति जनताको सर्वोच्च संस्था हो । यसले जुनसुकै निमायमा भएपनि राज्यको सम्पतीको दुरुपयोग हुनुहुँदैन भन्ने कुरामा गम्भीर हुनुपर्छ । कुनैपनि निकायमा आर्थिक अनियमितता भएको छ भने यो समितिले हेर्न मिल्छ, हेर्नुपर्छ,’ उनले भने ।

सार्वजनिक लेखा समिति जनताको सर्वोच्च थलो भएको उल्लेख गर्दै मुलुकको कुनैपनि निकायमा हुने भ्रष्टाचार वा अनियमितताको विषयमा चासो राख्नुु समितिको जिम्मेवारीभित्र पर्ने पनि बताए ।

‘प्राप्त उजुरीलाई कसरी टुंग्याउने भन्ने कुरामा पनि अगाडि बढ्नुपर्छ । तर स्थलगत अध्ययन, संस्थागत निर्णयहरु, अन्य आयोगहरुले के गरिरहेका छन् भन्नेबारेमा अध्ययन गरेर ठोस निष्कर्षमा पुग्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?