Comments Add Comment

के तपाईंको बच्चा पनि राम्रोसँग सुत्न सक्दैन ?

जुन शिशुहरु कम सुत्छन्, उनीहरुलाई विभिन्न स्वास्थ समस्याहरु हुनसक्छ भन्ने कुरा अभिभावकले बुझ्नुपर्छ । यसका साथै कम सुत्ने अधिकांश बच्चाहरु आफ्नो व्यवहारंसँग सम्बन्धीत समस्याहरुबाट पनि ग्रस्त हुने गर्दछन् ।

निन्द्रा सबैको लागि उत्तिकै महत्वपूर्ण हुन्छ । निन्द्राको कमी अथवा निन्द्रासँग सम्बन्धीत समस्याहरुले एउटा व्यक्तिलाई झर्को लाग्ने र त्यसले शारीरिक रोगहरुको सामना पनि गर्नु पर्ने हुनसक्छ । एउटा विश्वविद्यालयका अनुसन्धानकत्र्ााहरुका अनुसार निन्द्राको गडबडीले मस्तिष्कको प्रदर्शन, आयु बढाउने र मस्तिष्कको विभिन्न विकारहरुलाई प्रभावित पार्छ । जर्नल नेचर कम्युनिकेशन्सले त्यो अध्ययनलाई प्रकाशित गरेको थियो ।

बृद्ध होस् अथवा वयस्क, बच्चा होस् अथवा शिशु, सबैका लागि पर्याप्त निद्रा महत्वपूर्ण हुन्छ । पर्याप्त निन्द्राको कमीका कारण तपाईंको बच्चालाई के-के समस्याहरु हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा हुनु आवश्यक छ । त्यस्तै यो अध्ययनका अनुसार शिशुहरुको विकासमा निन्द्राको कमीले नराम्रो असर पर्छ । त्यसैले, आज हामी शिशुहरुमा निद्राको कमी भयो भने कस्तो असर पर्छ भन्ने बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

निन्द्राको कमीले बच्चा कमजोर हुन्छ

अमेरिकन फ्रेन्ड अफ तेलअभिभ विश्वविद्यालयको एउटा अध्ययन अनुसार निन्द्राका कारण एउटा शिशू कमजोर हुनुको साथै अन्य धेरै समस्याहरु देखा पर्नसक्छ । त्यो अध्ययनले निन्द्रा र बच्चाको व्यवहारबीचमा गहिरो सम्बन्ध रहेको पत्ता लगाएको छ । जुन बच्चामा पर्याप्त निन्द्रा हुँदैन, त्यस्ता बच्चाको स्वभाव चिडचिडा हुन्छ ।

त्यस्तै त्यस्ता बच्चामा विकासको पनि कमी हुन्छ । त्यो अध्ययनको अध्ययनकर्ताहरुका अनुसार त्यस्ता बच्चाहरुलाई पछि मानसिक रोग पनि लाग्न सक्छ । विकासात्मक तन्त्रिका विज्ञानले यो अध्ययनलाई प्रकाशित गरेको छ । एक वर्षको बच्चा, जो पर्याप्त सुत्दैन, उसले तीन चार वर्षको उमेरमा ध्यान केन्द्रित गर्न र व्यवहार सम्बन्धी समस्याहरुलाई प्रदर्शन गर्न कठिन हुन्छ भन्ने कुरा शोधकर्ताले पत्ता लर्गाएको छ ।

गर्भावस्था क्रममा शिशुलाई सुत्न गाह्रो हुनु

मर्डोक चिल्डे्रन्स रिसर्च इन्स्टिच्युटको एउटा अध्ययनका अनुसार शिशुको निन्द्रासँग सम्बन्धीत समस्याहरु जुन गर्भावस्थाको समयमा हुनेगर्छ । त्यो मानसिक र शारीरिक स्वास्थ्यसँग सम्बन्धीत हुन सक्छ । शोधकर्ताका अनुसार पहिलो वर्षमा केही बिन्दुहरुमा शिशुसँग कठिनाईहरुको अनुभव हुनु अति नै सामान्य कुरा हो ।

करिव ६० प्रतिशत आमाहरुमा हल्का अथवा केही उतारचढावको समस्याहरु देखिन्छ । तर, २० प्रतिशत आमाहरुका लागि उनीहरुको शिशुमा निद्राको समस्याहरु पहिलो वर्षको क्रममा भइरहने र अझ गम्भीर हुन्छ । त्यस्ता बच्चामा विभिन्न किसिमका समस्याहरु हुन्छन् । त्यस्ता बच्चाहरु अन्य बच्चाको तुलनामा सुस्त हुन्छन् ।

निदाउन नसक्नेे समस्याले ग्रस्त बच्चामा व्यवहार सम्बन्धी समस्याहरु

आमा-बुबाले सुत्न कठिनाइहरु भएका बालबालिकाहरुलाई व्यवहार सम्बन्धी समस्याहरुको अनुभव ३ वर्षको उमेरबाट हुन सक्छ । सुत्न नसक्नुको प्रारम्भिक समस्याहरु व्यवहार सम्बन्धी र भावनात्मक आत्म-नियमनका साथ बालबालिकाको कठिनाईहरुको कारण र परणाम दुबै हुनसक्छ भन्ने कुरा एउटा अध्ययनबाट पत्ता लागेको छ ।

अपर्याप्त निन्द्राका कारण दिउँसो निन्द्रा लाग्नु, चिडचिडापना, अतिसक्रियता र ध्यान मुद्दाहरु हुन सक्छन् । निन्द्रामा व्यवधानसँग उनीहरुको मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरु उत्पन्न भयो भने मनोरोगको लक्षणहरुले भविष्यमा उनीहरुको अन्य मानसिक स्वास्थ्यमा पनि प्रभाव पार्न सक्छ ।

बच्चाको यस्तो स्थितिमा आमाबुबाले के गर्ने ?

शिशुको निद्राप्रति अगाडिदेखि नै ध्यान दिने र यदि केही समस्या देखियो भने डाक्टरसँग सल्लाह गर्ने । यो अध्ययनले १ सय ८३ साना बच्चाहरुको समूहमा स्लीप अनसेट इन्सोमेनिया र नाइट वेकिङ इनसोमेनिया सहित नैदानिक रुपले परिभाषित निन्द्रा सम्बन्धी विकारहरुको प्रकृति र व्यापकताको जाँच गरियो । विघटनकारी व्यवहार, ध्यान, चिन्ता र मनोदशाको समस्या भएका बच्चाहरुमा यो विशेष रुपले आम रहेको छ ।

यस्तो बेला परिवारका सदस्यहरुले के कुरा जान्नु अनिवार्य छ भने शिशुहरुको निन्द्राको व्यवहार समायोजना अझ राम्रो तरिकाले गर्नु कत्तिको महत्वपूर्ण छ । त्यसका लागि आमा-बुबाहरुले पहिला त शिशुको खानपिन तथा जीवनशैलीमा नै ध्यान दिनुपर्छ । त्यसपछि बच्चालाई वास्तवमै कुनै स्पिल डिसअर्डरबाट पीडित त छैन भन्ने कुरा पत्ता लगाउने कोसिस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment