Comments Add Comment

१४औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ३ गते

 १४ पुस, पोखरा । भूतपूर्व खेलाडी मञ्चले गर्दै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको चौधौं संस्करण फागुन ३ गते हुने भएको छ । म्याराथनमा स्वदेशी तथा विदेशी गरेर करिब ७ हजार धावक सहभागी हुने आयोजकले लक्ष्य राखेको छ ।

प्रतियोगिताम चीन, जापान, भारत लगायतका धावक सहभागी हुने भूतपूर्व खेलाडी मञ्च पोखरा अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । कुल ४२.१९५ किमीमा हुने म्याराथनमा विभिन्न २८ विधामा धावकलाई पुरस्कृत गरिने उनले जनाए । ‘म्याराथनमा दृष्टिविहीनदेखि शारीरिक अपांगता भएकालाई पनि छुट्टै व्यवस्था गरेका छौं,’ उनले भने ।

म्याराथनमा प्रथम हुनले २ लाख, द्वितीयले १ लाख र तृतीय ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसबाहेक अन्य विभिन्न विधा गरेर कुल ५ लाख ३२ हजार रुपैयाँ पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा भाग लिन विदेशीले १० डलर, नेपालीले ६ सय र १ सय रुपैयाँ तिरेर नाम दर्ता गनुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment