Comments Add Comment

मालारानीमा ४० किलोको घण्ट हस्तान्तरण गर्दै अर्घाखाँचीमा भ्रमण वर्ष शुभारम्भ

१६ पुस, बुटवल । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा मन्दिरमा घण्ट हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ ।

प्रदेश सांसद तथा नेपाली कांग्रेस संसदीय दल प्रदेश-५ का सचेतक निर्मला क्षेत्रीले मालारानी गाँउपालिका-३ मा पर्ने मालारानी मन्दिरलाई घण्टा हस्तान्तरण गरेर भ्रमण वर्षको शुभारम्भ गरेकी हुन् ।

सांसद क्षेत्रीले लुम्बिनी क्षेत्र हुँदै अर्घाखाँचीको सुपादेउराली दर्शन गर्न आउने पर्यटकलाई मालारानीसम्म लैजाने वातावरण बनाउनुपर्नेमा बताइन् ।
‘मालारानी मन्दिर वरिपरि पर्यटक आकर्षण गर्ने खास वातावरण छ,पर्यटन क्षेत्रको विकासका लागि सबैतिर पूर्वाधार विकासमा जोड दिनुपर्छ,’ उनले भनिन् ।

भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले गरिएको कार्यक्रममा बोल्दै सचेतक क्षेत्रीले आन्तरिक तथा बाहृय पर्यटकलाई नेपालको कला, संस्कृति र इतिहाससग जोड्नुपर्ने बताइन् ।

मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले समग्र मालारानीको विकासका लागि पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताए ।

मुलुकको समग्र विकासका निम्ति धर्म र संस्कृतिलाई पर्यटन क्षेत्रसँगै जोड्नुपर्ने काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमका संस्थापक प्राध्यापक डा.जगदिश वैद्यले बताए ।

काठमाडौंको पशुपति अन्नपूर्णा आश्रमले घण्ट सहयोग गरेको थियो । प्राध्यापक डा.वैद्यलगायतको टोलीको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिलाई घण्टा हस्तान्तरण गरिएको अभियानका रामकुमार क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment