Comments Add Comment

अस्पतालमा उपचारत कामतीले जिते १० लाख

१६ पुस, काठमाडौं ।  सडक दुर्घटनामा परी हाल विराटनगर नसिङ होममा उपचारत रहेका सिराहाका जितेन्द्रकुमार कामतीले एनसेलको ‘रिचार्जमा चमत्कार’ योजनामा नगद पुरस्कार १० लाख रुपैयाँ जितेका छन् ।

योजना अन्तर्गत पहिलो महिनाको पुरस्कार जित्ने कामती भाग्यशाली ग्राहक हुन् ।

मंसिर ३० गते प्रत्यक्ष प्रसारण भएको एक टेलिभिजन कार्यक्रम मार्फत कामती यो योजनाको पहिलो मासिक विजेताका रुपमा छानिएका थिए ।

बुधवार चर्चित हाँस्य कलाकार जितु नेपालले उनी उपचारत रहेको अस्पतालमा गई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ योजना मंसिर १ गतेदेखि सञ्चालन गर्दै आएको छ । योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउँछन् ।

अस्पतालमा छोराको उपचार खर्च तिर्नका लागि पैसाको खाँचो परेको बेलामा नगद पुरस्कार एक ठूलो आश्चर्य र राहतको रुपमा आएको जितेन्द्रकुमार कामतीका बुवा हरि किशोर कामतीले बताए । ‘छोरा केही दिनमा डिस्चार्ज हुने आशामा छौं,’ जितेन्द्रका बुवाले भने, ‘यो पैसाले केही व्यापार पनि गर्ने योजनामा छौं ।’

योजनाको पहिलो ६ हप्तासम्ममा ३० जना भाग्यशाली ग्राहकले जनही २ लाख रुपैयाँ जितेका छन् । ती ३० जनामध्ये ९ जना ग्राहकले आ–आफ्नो नगद पुरस्कार ग्रहण गरिसकेका छन् । २१ जना ग्राहक प्रमाणीकरण प्रक्रियामा रहेका छन् ।

एनसेलका प्रिपेड र पोस्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० रुपैयाँ वा यसभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन सक्छन् । आइतवारदेखि शनिवारको साप्ताहिक चक्रमा योजनामा सञ्चालन भइरहेको छ । योजनाको प्रत्येक ४ हप्ताको समापनसँगै त्यस महिनाको १ भाग्यशाली ग्राहकको पनि घोषणा गरिने छ ।

ग्राहकले १०० रुपैयाँ वा त्योभन्दा बढीको ब्यालेन्स रिचार्जमा प्रत्येक १०० रुपैयाँ बराबरको एक विशेष कोड एसएमएसमार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले ३५० रुपैयाँ रिचार्ज गर्दछ भने उसले ३ विशेष कोड नम्बरहरू प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले ५०० रुपैयाँ रिचार्ज गरेमा ५ वटा विशेष कोडहरू प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्नुपर्ने हुन्छ । योजना अन्तर्गत प्रत्येक हप्ता सोमवार साँझ साढे ६ बजे एपिवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबूक पेजमार्फत ५ भाग्यशाली ग्राहकको घोषणा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment