+
+
Shares

वेल्डिङ गर्ने क्रममा कारमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १९:०५
फाइल फोटो ।

१६ पुस, काठमाडौं । वेल्डिङ गर्ने क्रममा धादिङको मलेखुमा  एउटा कारमा आगलागी भएको छ ।

गजुरी गाउँपालिका-२ मलेखुस्थित भद्रकाली मोटरसाइकल वर्कशपमा मर्मतपछि वेल्डिङ गर्ने क्रममा बा.६ च २१५५ नम्बरको कारमा बुधबार अचानक आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रुपमा जलेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी र स्थानीयबासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।

वर्कशपमा काम गर्ने एक जना मिस्त्रीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?