Comments Add Comment

लाइसेन्सको परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ

१७ पुस, काठमाडौं । ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने एक जना नक्कली प्रशिक्षार्थी र ट्रायल परीक्षाका लागि नक्कली कागजात बनाउने एक जनालाई बिहीबार पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको टोलीले यातायात व्यबस्था कार्यालय सुकेधारा ट्रायल सेन्टरमा अर्काको नाममा लाइसेन्सको ट्रायल परीक्षा दिने ललितपुर महानगरपालिका-१५ सातदोबाटो घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ बस्ने २७ वर्षीय सरोज शाही र नक्कली नेपाली नागरिकता बनाउने मकवानपुरको सुकौरा घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय मान बहादुर ब्लोनलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अर्काको फोटो टाँसी प्रयोग गरिएका २ थान नेपाली नागरिकता र यातायात व्यवस्था कार्यालयबाट परिक्षा दिन दिइएको २ थान एप्लिकेन्ट आइडी बरामद भएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । नेपाल ड्राईभिङ सेन्टर सुकेधाराबाट पक्राउ गरी उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment