+
+

स्कुटरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १९ गते १५:३०

१९ पुस, काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सृजनानगरमा नरेन्द्र पाललाई बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको हो ।

पाल भारतीय नम्बर प्लेटको कन्टेनरका सहचालक हुन् । एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेटर ब्याक गर्ने क्रममा पाल गाडीबाट झेरेर साप्ड मागिरहेका थिए । त्यही बेला स्कुटरले ठक्कर दिएको र इवामुरा मेमोरियल अस्पचालमा उपचारका क्रममा मत्यु भएको महानगरीय प्रहरी वृत्त भक्तपुरले जनाएको छ ।

स्कुटर र चालक भक्तपुर सूर्यविनायक नगरपालिका ९ नलिनचोकका बसन्त देवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?