
२० पुस, काठमाडौं । न्यायपरिषद सदस्यमा सिफारिस लक्ष्मीबहादुर ‘निराला’ खड्काविरुद्ध एउटा पनि उजुरी नपरेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयका महासचिव मनोहर भट्टराईले निरालाविरुद्ध एउटा पनि उजुरी नपरेको जानकारी दिए ।
उजुरी नपरेकाले आइतबारको संसदीय सुनुवाइ समितिको बैठकमा निरालाले आफ्ना भावी योजना प्रस्तुत गर्दैछन् ।
निराला तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका महान्यायाधिवक्ता हुन् । सर्वोच्च अदालतको न्यायाधीश बन्न पदमप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट राजीनामा दिएपछि सरकारले रिक्त पदमा निरालाको नाम सिफारिस गरेको थियो ।
गत पुस ८ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले १० दिनको समय दिएर निरालाविरुद्ध उजुरी आह्वान गरे पनि उजुरी भने नपरेको हो । योसँगै उनको न्यायपरिषद् सदस्य हुने बाटो खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4