+
+

स्वयम्भूमा सप्ताहव्यापी साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १९:३०

२० पुस, काठमाडौं । स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।

विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय विविधताको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम पुस २२ गतेसम्म सञ्चालन हुनेछ ।

स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम काठमाडौं महानगरपालिका वडा नम्बर  १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।

महोत्सवमा विभिन्न समुदायको साँस्कृतिक भेषभूषा र ऐतिहासिक तस्वीर प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गरिएको छ ।

तस्वीरहरु : सुशील अर्याल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?