Comments Add Comment

मनाङ भर्सेस मच्छिन्द्र : उपाधि होडसँगै प्रतिष्ठाको लडाइँ

मच्छिन्द्र क्लबका कप्तान विराज महर्जन (वायाँ) र मनाङ मर्स्याङ्दी क्लबका कप्तान कमल श्रेष्ठ ।

२१ पुस, काठमाडौं । काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशालामा सोमबार दिउँसो ३ बजे मैदान उत्रँदा मच्छिन्द्र र मनाङ दुवै उपाधि होडसँगै प्रतिष्ठाको लडाइँमा पनि हुनेछन् ।

प्रतिस्पर्धाको पूर्वसन्ध्यामा मच्छिन्द्र क्लबका कप्तान विराज महर्जनले फेसबुकमा लेखेको स्टाटसले पनि त्यसको छनक दिन्छ । उनले मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलको प्रतिक्षामा रहेको लेखेका छन् । गत सिजन मनाङले ए डिभिजन लिग जित्दा उनै विराज कप्तान थिए । यस सिजन भने विराजसहित सात जना खेलाडीहरु मनाङ छाडेर मच्छिन्द्र क्लबमा आबद्ध भए । पहिलो पटक मच्छिन्द्रको कप्तानी गरिरहेका विराज पूर्वक्लबविरुद्ध खेल्दा उत्साहित र प्रतिक्षित देखिन्छन् ।

मच्छिन्द्रले मनाङ र थ्रीस्टारबाट गरी दर्जन बढी नाम चलेका खेलाडी यस सिजन क्लब भित्राउँदै आफूलाई लिगको उपाधिको होडमा उभ्याएको छ । यस्तो अवस्थामा मनाङको प्रदर्शन कस्तो होला भन्ने कौतुहलता धेरैमा थियो । तर पनि मनाङले मनाङकै छवीको खेल पछिल्लो चार खेलमा केही हदसम्म देखाउन सफल भएको छ, कम्तीमा नतिजाको हिसाबमा हेर्दा ।

यो पनि पढ्नुहोस मैले फुटबल चिन्नुअघि नै फुटबलले मलाई चिनेको हो

विराज, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, हेमन गुरुङ मच्छिन्द्रकै पूर्व खेलाडी दीपक राई र विशाल राई, एएफसी कप खेल्न मनाङ पुगेका अभिषेक रिजाल र देवेन्द्र तामाङ अनि विदेशी खेलाडी सोमिडे एडालेजा यस सिजन मनाङ छाडेर मच्छिन्द्र पुगेका हुन् । यीबाहेक अन्य केही खेलाडीले पनि मनाङ छाडेका छन् ।

तर लिगमा शुरुवाती चार खेल खेल्दा मनाङले ३ मा जित र १ बराबरीसहित अपराजित यात्रा कायम राखेको छ । चार खेलबाट १० अंक जोड्दै मनाङ शीर्ष स्थानमा छ ।

मनाङ जत्तिकै ३ जित र १ बराबरी गरेको मच्छिन्द्रले पनि १० अंक नै जोडेको थियो । तर गत सिजन अन्तिम दुईमा रहेर पनि रेलिगेसनमा नपरेको मच्छिन्द्रले यस सिजन शुरुमै १ अंक ऋण तिरेको छ ।

साविक विजेताको हैसियतमा रहेको मनाङ शुरुवाती खेलको नतिजाले आत्मविश्वासी बनेको छ । उता नाम चलेका खेलाडी भित्राएको मच्छिन्द्रको यस सिजन लिग उपाधि नै जित्ने लक्ष्य छ । त्यसैले यो खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

अन्जन विष्टको पुनरागमन

कमल श्रेष्ठले नेतृत्व गरेको मनाङलाई अन्जन विष्टको आगमनले पनि हौसाएको छ । कात्तिक ३० मा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि भुटान जानु अघिल्लो दिन डिस्को काण्डमा परेर अन्जन विष्ट ४५ दिनको निलम्बन सकाएर आजैको खेलमार्फत पुनरागमन गर्दैछन् । विशाल राई, हेमन गुरुङ, सुजल श्रेष्ठ जस्ता खेलाडीले छाडेपछि मनाङको मिडफिल्ड लाइन खालि जस्तै थियो ।

यो पनि पढ्नुहोस कमालका कमल : नयाँ लुक्सको मनाङ हाँक्दै

तर अष्ट्रेलियामा रहेका जगजित श्रेष्ठको आगमन, विदेशी खेलाडी फेमी जोसुअ र भारतीय खेलाडी दयानन्द सिंहको आगमनले केही राहत पुगेको थियो । अब अन्जन आएपछि मनाङको टोली अझ राम्रो हुने विश्वास छ ।

मनाङले यसअघि एपीएफलाई २-०ले तथा त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजलाई समान १-० ले पराजित गरेको थियो । चौथो खेलमा प|mेण्ड्ससँग १-१ को बराबरी खेलेर मनाङले अंक बाँड्यो । उता मच्छिन्द्रले बि्रगेड ब्वाइजलाई २-० ले पारजित गर्दै लिग शुरु गरेको थियो । त्यसपछि च्यासल युथ क्लबसँग १-१ को बराबरी खेलेको मच्छिन्द्रले प|mेण्ड्सलाई ३-० ले र एनआरटीलाई १-० ले पराजित गरेको थियो ।

जावलाखेल र एनआरटी पनि भिड्दै

मनाङ र मच्छिन्द्रसँगै अपराजित रहने अर्को टोली हो जावलाखेल युथ क्लब । त्यही जावलाखेलले आज १२ बजे एनआरटीसँग दशरथ रंगशालामै खेल्दैछ । चारमध्ये २ खेलमा जित र २ बराबरी नतिजा निकालेको जावलाखेल ८ अंकसहित चौथो स्थानमा छ । आज पहिलो खेल भएकाले एनआरटीलाई पराजित गर्न सके जावलाखेल केही घण्टाको लागि भए पनि शीर्ष स्थानमा उक्लनेछ ।

पहिलो खेलमा थ्री स्टारलाई गोलरहित बराबरीमा रोकेको जावलाखेलले दोस्रो खेलमा सरस्वती युथ क्लबलाई १-० ले पराजित गरेको थियो । तेस्रो खेलमा संकटासँग बराबरी खेलेको जावलाखेलले चौथो खेलमा बलियो मानिएको च्यासल युथ क्लबलाई २-० ले पराजित गर्‍यो ।

उता गत सिजन अन्तिम स्थानमा रहेको एनआरटीले यस सिजन २ अंक गुमाएको छ । लिगको पहिलो खेलमै सरस्वती युथ क्लबलाई ४-० ले पराजित गर्दै शानदार शुरुवात गरेको एनआरटीले संकटा र मच्छिन्द्रसँग हार ब्यहोरेको थियो । तर च्यासल युथ क्लबलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment