Comments Add Comment

सप्तरीमा एकै दिन फरार १७ जना पक्राउ

२१ पुस, सप्तरी । सप्तरीमा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १७ जनालाई एकै दिन पक्राउ गरेको छ । सोमबार जिल्लाको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको प्रहरीको भनाइ छ ।

ज्यान मार्ने उद्योग मुद्दाका जिल्लाको खडक नगरपालिका ४ बस्ने ५८ बर्षीय इसराइल मियाँ, कुटपिट मुद्दाका बलान बिहुल गाउँपालिका ३ बस्ने ५४ बर्षीय जयराम साह, लुटपिट मुद्दामा बोदेबर्साइन नपा ९ बस्ने ४७ बर्षीय चन्देश्वर साह तेली, यही ठाउँका ५७ बर्षीय झौली मण्डललाई कुटपिट मुद्दामा पक्राउ गरिएको छ ।

कुटपिट मुद्दामै फरार रहेका बोदेबर्साइन नगरपालिका २ बस्ने ४७ बर्षीय महेन्द्र साह, सोही मुद्दामा सोही ठाउँका ३८ बर्षीय रामसुन्दर यादव, ज्यान मार्ने उद्योगमा बोदेबर्साइन नगरपालिका १० बस्ने ५९ बर्षीय खगेन्द्र यादव, कुटपिट मुद्दाका सुरुङ्गा नगरपालिका ९ बस्ने ४० बर्षीय नरसिहं चौधरी, सोही मृुद्दामा खड्क नगरपालिका ९ बस्ने फागु मण्डल, जारी मुद्दामा यही नगरपालिका ६ कि संगीताकुमारी चौधरी, यही मुद्दामा यही ठाउँका बद्री चौधरीलाई पक्राउ गरिएको छ ।

लुटपाट मुद्दामा खड्क नगरपालिका ६ का नजबुद मियाँ, ठगी मुद्दामा सोही ठाउँका राजकुमार साहलाई पक्राउ गरिएको छ भने कुटपिट अंगभंग मुद्दाका फरार अभियुक्त राजगढ गाउँपालिका २ बस्ने बलवीर कुमार यादवलाई पनि पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी तिलक भारतीले जानकारी दिए ।

जरिवाना नतिर्नेका पारिवारिक सदस्य पक्राउ

अदालतमा मुद्दा फैसला भएपनि जरिवाना नतिरेका व्यक्तिका पारिवारिक व्यक्तिलाई पनि पक्राउ गरिएको छ ।

डीएसपी भारतीका अनुसार लुटपिट मुद्दामा जरिवाना तोकिएका खडक नपा ९ बस्ने महिनारायण चौधरीको हकमा भाइ दीपनारायण चौधरी, लेनदेन मुद्दामा सोही ठाउँका मिश्रीलाल चौधरीको हकमा छोरा अरुणकुमार चौधरी र जालसाँझी मुद्दामा सोही ठाउँका सुखैर चौधरीको हकमा उनकी पत्नी सुकमारदेवी चौधरीलाई पक्राउ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment