
२१ पुस, काठमाडौं । पुँजी बजारको नियाकम निकाय धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बोर्ड अध्यक्षमा ढुंगानालाई नियुक्त गरेको स्रोतले बताएको छ ।
उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट केही महिना अघिमात्रै अवकाश पाएका व्यक्ति हुन् ।
बोर्डको अध्यक्ष बन्न ८ जनाले आवेदन दिएका थिए । ८ जनामध्ये सरकारले गठन गरेको छनोट समितिले ३ जनाको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4