+
+

सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १६:००

२२ पुस, काठमाडौं । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४८ भन्दा बढी घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।

भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?