Comments Add Comment

अष्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश, कारण यस्तो छ

अष्ट्रलियामा हाल फैलिरहेको विनाशकारी डढेलोमा परी करोडौँ वन्यजन्तुको मृत्यु भइसकेको छ । कैयन् जीवजन्तुहरु त लोप नै भएको हुनसक्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा अष्ट्रेलियामा बचेका जीवजन्तुको संरक्षणका लागि विशेष उपाय अपनाइनु पर्ने हो । तर उँटको हकमा चाहीँ उल्टो भएको छ । किनकी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हानेर मार्ने आदेश दिइएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पानी बचाउनका लागि दक्षिणी अस्ट्रेलियामा १० हजार उँटलाई गोली हान्ने आदेश दिइएको हो । उँट मार्ने अभियान बुधबार देखि सुरु हुँदैछ । जसमा पेशेवर सार्पसुटरहरुले हेलिकप्टरबाट उँटमाथि गोली बर्साउनेछन् ।

अष्ट्रलियाका केही आदिवासीहरुले जंगली उँट पानीको खोजीमा गाउँमा पस्ने र धनमाल नस्ट गरिदिने गरेको गुनासो गर्ने गरेका छन् । उँटहरुको हत्या गरी आदिवासीहरुको गुनासो सम्बोधन गर्ने प्रयास सरकारको छ ।

पाँच दिन भित्रमा ती १० हजार उँट मारिसक्ने योजना रहेको छ ।

वैज्ञानिकहरुका अनुसार पशुहरुले जलवायु परिवर्तनमा पनि योगदान गरिरहेका छन् । एउटा उँटले वर्षदिनमा एक टन कार्वनडाइअक्साइड बराबरको मिथेन उत्सर्जन गर्ने गर्दछ । उनीहरुका अनुसार एक लाख जंगली उँटले ४ लाख कारले भन्दा धेरै वार्षिक हरितगृह ग्यास उत्सजर्न गर्दछन् । तथापि वन्यजन्तुविदहरुले भने जंगली जनावरलाई कार्वत उत्सर्जन तथा जनसंख्या वृद्धि भएको भन्दै मार्न नहुने बताइरहेका छन् ।

अष्ट्रलियाको राष्ट्रिय जंगली उँट व्यवस्थापन योजनाका अनुसार यदि उँटको बढ्दो संख्याको समस्याको रोकथाम गर्न नसक्ने हो भने त्यहाँ जंगली उँटको संख्या हरेक नौ वर्षमा दोब्बर हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment