
कम समय सुत्नुलाई हामी गर्वका साथ आफू व्यस्त भएको सम्झन्छौं र सबैलाई त्यस बारेमा खुलेर सुनाउँछौ पनि । थोमस अल्भा एडिसन, मार्गरेट थेचर, मार्था स्टिवर्ट र डोनाल्ड ट्रम्प जस्ता व्यक्तिहरु आफू राति केवल चार अथवा पाँच घण्टा मात्र सुत्ने गरेको दाबी गर्छन् ।
त्यस्तै हाम्रा देशका नेता र मन्त्रीहरु पनि थोरै समय सुतेको दाबी गर्छन् । तर, विशेषज्ञहरुका अनुसार वयस्कहरुले सातदेखि नौ घण्टा सुत्नु आवश्यक छ । तर, अमेरिकाका एक तिहाई वयस्कहरु नियमित रुपमा पर्याप्त सुत्दैनन् ।
कम निन्द्राका विभिन्न दुस्प्रभावहरु छन् । स्मरण शक्ति घट्नु, निर्णय लिने क्षमता कम हुनु, संक्रमण तथा मोटोपन बढ्नु आदि । त्यस्ता खतराहरुका बारेमा सबैलाई थाहा हुँदा-हुँदै पनि यसलाई बेवास्ता गर्छन् । जब हामीलाई कुनै कामका लागि अतिरिक्त समयको आवश्यकता भयो भने हामी निन्द्रा माया मारेर काम गर्छौं ।
यदि हामीले निन्द्राको अनुभवलाई बढाएर कम समयमा गहिरो निन्द्राको धेरै फाइदा उठाउन सक्यौं भने कस्तो होला ? गहिरो निन्द्रा छिट्टो लाग्न र राति दिमागको दक्षता दुबै बढाउन सकिन्छ भन्ने कुरा संसारभरी भएका कार्यक्रमहरुले प्रमाणित गरेका छन् । कार्यक्रमको निचोड छ-जसले पर्याप्त निन्द्रा सुतेको हुँदैन, उसको दिमाग ठिक रहँदैन ।’
धमिलो तरंग, गहिरो निन्द्रा
सामान्यतयाः राति हाम्रो दिमाग निद्राको विभिन्न चरणहरुबाट पार भएको हुन्छ । हरेक चरणमा मस्तिष्कको तरंगहरुको एउटा विशेष ढाँचा हुन्छ । जसमा न्युरोन्स (दिमागमा हुने एक प्रकारको तत्व) एक साथ एउटै तालमा सक्रिय हुन्छ । जस्तो कुनै समूहले एक साथ गाइरहेको हुन्छ र एक साथ मादल बजाइरहेको हुन्छ ।
आँखाको चालको क्रममा त्यस्तो ताल अति नै तीब्र हुन्छ । त्यो समयमा तपाईंले सपना देख्ने सम्भावना सबैभन्दा धेरै हुन्छ । एउटा बिन्दुमा आएपछि हाम्रो आँखाको गति रोकिन्छ । सपना ओझेल हुन्छ र मस्तिष्कको तरंगहरुको ताल एउटा बिटप्रति सेकेन्डसम्म घट्न थाल्छ । यो त्यो समय हो, जब हामी गहिरो निन्द्रामा हुन्छौं ।
यो त्यही चरण हो, जसमा निन्द्राको सर्बोत्तम उपयोगको सम्भावना खोजिरहेका वैज्ञानिकहरुको रुचि रहेको छ । यही समयमा दिमागले अल्पकालीन सम्झनाहरुलाई दीर्घकालीन भण्डारमा पठाउँछ । जसले गर्दा हामीले जे सिकेका छौं, त्यो सम्भिmरहन्छौं ।
जर्मनीको टुबिंगन विश्वविद्यालय मेडिकल साइकोलोजी र व्यवहारिक स्नायुजीव विज्ञान विभागका निर्देशक जोन बोर्नका अनुसार सूचनाहरुको प्रसारण मधुरो तरंगहरुले गर्छन् । त्यस्ता, तरंगहरु मस्तिष्कमा रक्त र मस्तिष्कमा द्रूत रुपमा प्रवाहलाई पनि टि्रगर गर्नसक्छ । जसले स्नायुका लागि हानिकारक कुराहरुलाई बाहिर निकाल्नेगर्छ ।
त्यस्ता प्रकारका तरंगहरुले तनाव दिने किसिमका कोर्टिसोल हार्मोनलाई कम गर्छ र प्रतिरक्षा स्नायुलाई शक्तिशाली बनाउन सहयोग पुर्याउँछ । हामीले त्यस्ता साना तरंगहरुको उत्पादनलाई बढाएर निन्द्राबाट हुने फाइदालाई पनि बढाउन सक्छौं भन्ने कुरा यस प्रकारको नतिजाहरुले वैज्ञानिकहरुलाई यो कुरा सोच्न बाध्य बनाएको छ ।
यो प्रयोगको प्रतियोगीले एउटा हेड सेट लगाउँछ । जसले उसको दिमागको गतिविधिहरुलाई रेकर्ड गर्छ र बिस्तारै उत्पन्न हुने तरंगहरु कहिले बन्न सुरु गर्छ भन्ने कुरा पत्ता लगाउँछ । त्यसपछि ती उपकरणहरुले राति नियमित अन्तरालमा दिमागको स्वभाविक तरंगहरुको लयसँग मिल्दो मीठो ध्वनि बजाउँछ ।
ती ध्वनिहरु यति मधुरो हुन्छन्, जसले निद्रा त खुल्दैन । तर, मस्तिष्कले अचेत अवस्थामा पनि तिनीहरुलाई रेकर्ड गर्न सक्ने तेजिलो भने हुन्छ । बोर्नले त्यस्ता विभिन्न प्रयोगहरुको नेतृत्व गरेका छन् । मीठो आवाज मस्तिष्कको लयलाई सृदृढ गर्नका लागि पर्याप्त हुन्छ र ती ध्वनिहरु स्लो वेभ स्लिपिङलाई गहिरो बनाउँछ भन्ने कुरा पत्ता लगाए ।
हेडसेट लगाउने प्रतियोगीहरुले स्मरणशक्तिको परिक्षणमा राम्रो प्रदर्शन गरे । उनीहरुलाई एक दिन अगाडि सुनेका कुराहरु पनि सम्झना थियो । उनीहरुको हार्मोन सन्तुलन पनि सुधि्रया र प्रतिरक्षा प्रतिक्रियामा पनि सुधार भयो ।
अहिलेसम्मको परीक्षणहरुमा प्रतियोगीहरुले कुनै अवाञ्छित प्रतिक्रियाको सूचना दिएका छैनन् । बोर्न भन्छन्-‘हामी पूर्ण रुपले आश्वस्त हुन सक्दैनौं । तर, अहिलेसम्म कुनै स्पष्ट दुस्प्रभाव देखिएको छैन ।’
गहिरो निन्द्रालाई बढाउने धेरैजसो प्रयोग युवा र स्वास्थ प्रतियोगीको सानो समूहमा गरिएको थियो । त्यसको फाइदाको बारेमा बलियो राय बनाउनु अगाडि विविध समूहहरुमा ठूलो परीक्षणहरुको आवश्यकता पर्छ ।
प्राप्त प्रमाणहरुका आधारमा त्यो प्रविधिको प्रयोग गरेर राति लगाइने हेडब्याण्ड बनाइएको हो । फ्रांसीसी स्टार्ट-अप कम्पनी ड्रिमको हेडब्यान्डको मूल्य करीब ४ सय यूरो अथवा ३ सय ३० पाउन्ड रहेको छ । यसले ध्वनि उत्तेजनाको प्रयोग गरेर गहिरो निन्द्रालाई बढाउँछ ।
त्यो हेडब्यान्ड एउटा क्यापसँग पनि सम्बन्धित छ । जसले निन्द्राको ढाँचाको विश्लेषण गर्छ र राम्रो निन्द्राका लागि व्यवहारिक सल्लाह दिन्छ । यसमा ध्यान र सासको अभ्यास समावेश छ । जसको तपाईंलाई छिटो निदाउन र ब्युँझिरहन नदिने उद्देश्य रहेको छ । फिलिप्सले निद्राको कमीबाट हुने दुस्प्रभावहरुलाई कम गर्नका लागि स्मार्ट स्लिप अथवा डिप स्लिप हेडब्यान्ड बनाएका छन् ।
फिलिप्सका चिफ साइन्टिफिक अफिर डेविड व्हाइटका अनुसार उनको हेडब्यान्ड त्यस्ता व्यक्तिहरुका लागि हो, जसलाई कुनै पनि कारणले पर्याप्त निन्द्रा प्राप्त भएको छैन । डि्रमको हेडब्यान्ड जस्तै फिलिप्सले पनि आफ्नो हेडब्यान्डलाई पहिलो पटक सन् २०१८ मा लञ्च गरेका थिए ।
त्यसमा दिमागले विद्युत्तीय गतिविधिहरुलाई महसुस गर्छ र नियमित अन्तरालमा केही मीठो आवाज निकाल्छ । जसले त्यही प्रकारको तरंग उत्पन्न हुन्छ । जुन गहिरो निन्द्राको विशेषता हुन्छ । यो एउटा स्मार्ट सफ्टवेयरमा आधारित हुन्छ । जुन भिन्दा-भिन्दै व्यक्तिहरुका लागि आवाजको तीब्रतालाई नजिकबाट नियन्त्रित गर्छ । यो हेडब्यान्ड अमेरिकामा ३ सय ९९ डलरमा उपलब्ध छ ।
स्मरणशक्ति घट्ने दुस्प्रभावलाई कम गर्छ
निन्द्रा नलाग्ने समस्याबाट ग्रसित व्यक्तिहरुमा स्मरणशक्ति घट्ने जस्ता दुस्प्रभावहरुलाई पनि यसले कम गर्छ । मन्टि्रयलको कनकार्डिया युनिभर्सिटीका अरोर पेराल्टले रकिङ बेडको परीक्षण गरे । जुन हरेक ४ सेकेन्डमा बिस्तारै-बिस्तारै अगाडि-पछाडि मच्चिन्छ ।
यो प्रविधि उनको एक सहकर्मीको नवजात शिशुलाई सुताउने तरिकाले प्रेरित छ । के बास्तवमा नै वयस्कहरुलाई पनि बिस्तारै-बिस्तारै हल्लिनाले फाइदा हुन्छ भन्ने कुरामा उनीहरुको टीम आश्चर्यमा परेका थिए ।
प्रतियोगीहरु छिट्टै गहिरो निन्द्रामा पुगेको र धेरै समयसम्म उस्तै अवस्थामा रहेको उनले पाए । उनीहरु गहिरो निन्द्रामा पुग्नुको कारण दिमागको तरंगहरु बाहिरी गतिसँग मिलिरहेको थियो ।
रातभरी सुतेकाले उनीहरु तनावमुक्त भएको महसुस गरेका थिए । त्यसले उनीहरुको स्मरणशक्ति र सिक्ने क्षमतामा पनि राम्रो प्रभाव पर्यो । बृद्धाहरुका लागि यो सहयोगी हुन सक्ने भएकाले पेराल्टको रुचि यसमा बढेको हो ।
यदि यसप्रकारको खाट बजारमा आयो भने उनीहरु ध्वनि-उत्तेजक हेडब्यान्डको उद्देश्य जस्तै यसले पनि आफ्नो उद्देश्यलाई पूरा गर्न गर्छ । बढ्दो उमेरसँगै गहिरो निन्द्राको मात्रा घट्दै जान्छ । जसले स्मरणशक्तिमा पनि असर पुर्याउँछ । हल्लिने खाटले त्यस्ता समस्यालाई समाधान गर्ने एउटा तरिका हुन सक्छ भन्ने पेराल्टको आशा छ ।
केही समय सुत्नुपर्छ
यो क्षेत्र अहिले सुरुवाती अवस्थामा छ । तर, यी अध्ययनहरुबाट हाम्रो निन्द्रा बढाउन धेरै कुरा गर्न सकिन्छ भन्ने लागेको छ । पेराल्ट र बोर्न दुवै ध्वनिको उत्तेजनाको प्रयोग गरेर मधुरो तरंगहरुलाई उत्पन्न गर्ने किसिमको वाणिज्य उत्पादनहरुप्रति आशावादी छन् ।
प्रयोगशालाभन्दा बाहिरको परिस्थितिहरुमा त्यसमा अझ परीक्षणहरुको आवश्यकता छ भन्ने पेराल्टलाई लाग्छ । यस प्रकारको निन्द्राले लामो अवधिको फाइदा प्राप्त हुन सक्छ भन्ने कुरा भविष्यमा हेर्न रमाइलो हुन्छ ।
लामो समयसम्म निन्द्रा नलाग्नाले डाइबिटिज र अल्जाइमर जस्तो रोगहरुको जोखिम बढ्छ । तर नयाँ प्रविधिले त्यस्ता जोखिम कम गर्न सहयोगी हुन्छ भन्ने कुरा भने अहिलेसम्म स्पष्ट भएको छैन । अहिलेसम्म दीर्घकालिन र अल्पकालिन सबै प्रकारको फाइदा पाउने एउटै ग्यारेन्टीपूर्ण तरिका भनेको पर्याप्त निदाउनु हो ।
तपाईं यी निन्द्रा लगाउन सहयोग गर्ने उपकरण खरिद गर्नुहोस् अथवा नगर्नुहोस्, तपाईंले राति छिट्टो सुत्नु, मदिरा, क्याफिनको सेवन गर्ने र सुत्नु अगाडि स्कि्रनबाट टाढा रहने कोसिस गर्नुपर्छ । हाम्रो दिमागले रिचार्ज बिना काम गर्न सक्दैन । खुशी, स्वाथ्यकर, उपयोगी जिन्दगी जिउने चाहना राख्ने सबै व्यक्तिहरुले यो कुरा बुझ्न आवश्यक छ ।
बिबिसीबाट
प्रतिक्रिया 4