Comments Add Comment

थ्रीस्टारको तेसो जित, ब्रिगेड ब्वाइज पराजित

२३ पुस, काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक लिगमा तेस्रो जित हात पारेको छ । बुधबार भएको ललितपुरे डर्बीमा थ्रीस्टारले ब्रिगेड ब्वाईज क्लबलाई ३-१ ले पराजित गरेको हो ।

१५ औं मिनेटमा अशोक खवासको पासमा सुशान्त श्रेष्‍ठले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । त्यसपछि ४१ औं मिनेटमा मिकछेन तामाङको कर्नरमा अनन्त तामाङले न्यारो एङ्गलबाट हेड गोल गर्दै थ्रीस्टारको अग्रता दोब्बर पारे ।

५८ औं मिनेटमा वासिउ हाजमतले भलिमार्फत गोल गर्दै थ्री स्टारको अग्रता तेब्बर पारे । ६६ औं मिनेटमा थ्रीस्टारका अशोक खवासलाई खराब फाउल गरेपछि ब्रिगेडका दिपेन्द्र सिंहले सिधै रातो कार्ड पाएका थिए ।

त्यसपछि ब्रिगेड दस खेलाडीमा झरेको थियो तर थ्रीस्टारले त्यसको फाइदा उठाउन सकेन ।

७९ औं मिनेटमा थ्रीस्टारका विजय भुजेल वान भर्सेस वानमा गोल गर्न चुके । ८० औं मिनेटमा थ्रीस्टारका सुशील राईले पेनाल्टी एरियाबाट हानेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

यस्तै ८७ औं मिनेटमा थ्रीस्टारका मिक्छेन तामाङले सिक्स यार्ड बक्सबाट हानेको बल पोष्ट नजिकैबाट बाहिरियो । ८९ औं मिनेटमा ब्रिगेडका लागि रोसन राना मगरले थ्रीस्टारका गोलकिपर प्रिसो अगाडि बढेका बेला गोल गरे ।

यस सिजन तेस्रो जितपछि थ्रीस्टार अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । थ्रीस्टारले ५ खेलबाट ३ जीत र १ बराबरीबाट १० अंक जोडेको हो । उता ब्रिगेडको भने यो तेस्रो हार हो । ५ खेलबाट ६ अंक जोडेको ब्रिगेड सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment