Comments Add Comment

गोरखाको पहिचान झल्काउने ‘छोटेलुदी सुसारे गाउँ’ गीत सार्वजनिक

 

गोरखाको मौलिक पहिचानलाई समेटेर गायक अविनाश थापा मगर र मुना थापा मगरको नयाँ गीत ‘छोटेलुदी सुसारे गाउँ’ बजारमा आएको छ । स्थानीय लोपोन्मुख कला संस्कृति र पहिचानको संरक्षणको लागि मौलिक पहिचान झल्काउने गीत तयार पारेको थापाले जानकारी दिए ।

गायिका अन्जना गुरुङ र गायक गणेश गुरुङको स्वरमा तयार पारिएको सो गीतमा अविनाश थापा र गणेश गुरुङले शब्द÷संगीत रहेको छ । दिप गुरुङको निर्देशन रहेको सो गीतमा म्युजिक भिडियोको दृश्यांकन मधुर बस्नेतको र सम्पादन सुजन शाहीको रहेको छ ।

सिनेम्याटिक प्रविधिमा निर्माण भएको यो म्युजिक भिडियो खासगरी गोरखाको मौलिक संस्कृति, रहनसहन, मनकामना मन्दिर लगायतका स्थानीय धार्मिकस्थल वरिपरी तयार पारिएको छ ।

म्युजिक भिडियोमा मनोज थापामगर, सचिन थापा मगर, सगुन थापा मगर, रामकुमार थापा मगर, लिला थापा मगर, कन्चना थापा मगर, सुपर्ना थापा मगर, नम्सरा थापा मगर, गेसरा थापामगर लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment