Comments Add Comment

बिग बास लिगमा हरिस र रासिदको ह्याट्रिक

२३ पुस, काठमाडौं । अस्ट्रेलियाको बिग बास लिगमा बुधबार दुई बलरले ह्याट्रिक विकेट लिएका छन् । मेलवर्न स्टार्सका तीव्र गतिका बलर हरिस रउफ र एडिलेट स्ट्राइकर्सका स्पिनर रासिद खानले ह्याट्रिक पूरा गरेका हुन् ।

अफगानिस्तानका लेग स्पीनर खानले सिड्नी सिक्सर्सविरुद्ध ह्याट्रिक गरे । उनले ११ औं ओभरको पाँचौ बलमा सिड्नीका जेम्स भिन्सलाई २७ रनमा क्याच आउट गराए भने छैटौं बलमा ज्याक इडवार्डलाई एलबिडब्लूको धरापमा पारे ।

१३ औं ओभरको पहिलो बलमा जोर्डन सिल्कलाई बोल्ड गर्दै रासिदले ह्याट्रिक पूरा गरे ।

४ ओभर बलिङ गरेका उनले ४ विकेट लिए । तर यो खेलमा सिड्नी २ विकेटले विजयी भयो ।

अर्को खेलमा मेलवर्नका पाकिस्तानी बलर हरिसले सिड्नी थन्डर्सविरुद्ध ह्याट्रिक पूरा गरेका हुन् ।

उनले २० औं ओभरमा तीन विकेट लिएका हुन् । ओभरको दोस्रो बलमा म्याथ्यु गिल्कको विकेट लिएका उनले तेस्रो बलमा कोलुम फर्ग्युसनलाई बोल्ड आउट गरे ।

चौथो बलमा उनले ड्यानियल साम्सलाई एलबिडब्लू धरापमा पारेका उनले ह्याट्रिक पूरा गरे । ४ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएर ३ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment